उदयपुर । उदयपुरमा २३ औँ भुकम्प सुरक्षा दिवस बिभिन्न सचेतना कार्यक्रम र र्याली गरी मनाईएको छ । सदरमुकाम गाईघाट स्थित त्रियुगा माबिको प्राङ्गनमा मनाईएको कार्यक्रममा भुकम्प सुरक्षा सम्बन्धि जनचेतामुलक कार्यक्रमहरु समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा भौतिक संरचनाहरुका कारण भुकम्प आउँदा हुने धन जनको क्षेती र त्यसलाई बिधिगत तरिकाले तत्काल उद्धार गर्न नसक्दा बढी मानिसहरु मर्ने अवस्थालाई मध्यनजर गर्दै कम धनजनको क्षती हुने गरी चेतना फैलाउन सशस्त्र प्रहरीले उद्धार अभ्यास तथा ‘सिमुलेशन डेमो’ प्रस्तुत गरेका थिए । सिमुलेशन डेमो सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्वा उदयपुरको संयुक्त प्रस्तुती रहेको थियो ।
त्यसमा भुकम्पबाट क्षेती ग्रस्त व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धि उत्कृष्ट उद्धार अभ्यास समेत गरिएको थियो । उद्धार अभ्यासमा ठुला तथा साना संरचना र भवनमा घाईते भएकाहरुलाई उद्धारको माध्यमबाट बचाउन शसस्त्र प्रहरी बल नेपाल प्रहरी, नेपाली सेना र रेडक्रस सोसाईटी लगायतले खेल्ने भुमिका बारे चेतना मुलक अभ्यास गरिएको थियो ।
अभ्यासमा भुकम्पबाट घाईते व्यक्तिहरुलाई तत्काल उद्धारका सामाग्रीहरु प्रयोग गरी प्राथामिक स्वास्थ्य उपचारपछि ठुला हस्पिटल सम्म पुराएर उपचार पछि बिरामी बचाउने अभ्यास गरिएको थियो । कार्यत्रममा त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरी, जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख (सिडिओ) लगायतका अथितिहरुले मन्तब्य राखेका थिए ।
माघ २ गते मनाईने भुकम्प दिवस मनाउदै आईएको छ । जसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाईटी, बिभिन्न संघ संस्था, सामाजिक अभियान्ता, संञ्चारकर्मी, नागरिककर्मी, स्थानीय सरकार, विद्यार्थी लगायतको संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम त्रियुगा नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाईटीले सहयोगमा सम्पन्न भएको थियो ।