![](https://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
उदयपुर । उदयपुर र खोटाङ जोड्ने सुनकाशी स्थित फोक्सिङटारको अस्थायि बेलिब्रीज सञ्चालनमा आएको छ । उदयपुरलाई पहाडी जिल्लाहरुसँग जोड्ने गाईघाट–दिक्तेल सडक खण्ड अन्र्तगत उदयपुरको रौतामाई गाँउपालिका –५ आँपटार र खोटाङको खाटेहाङ गाँउपालिका–१ लिक्चिराम्चेको बिचमा पर्ने सुनकोशीमा अस्थायि बेलिव्रिज सञ्चालनमा आएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज आइतबारदेखि सञ्चालनमा ल्याइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
एक सय एक किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै पहाडी छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, भोजपुर लगायतका जिल्लाहरुमा आवतजावतका लागि सहज भएको छ । फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।