उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं २बेल्हामा थारु संग्रहालय उद्घाटन भएको छ। उद्योग,पर्यटन ,वन तथा वातावरण राज्यमन्त्री बिजय कुमार विश्वास, माननियहरु बिमल कार्की, अम्बिका थापा ,सुनिता चौधरी, बेलका नगर प्रमुख दुर्गा कुमार थापा’स्वस्ती’ , त्रियुगा नगर प्रमुख बलदेव चौधरी लगायतले संयुक्त रुपमा संग्रहालयको उद्घाटन गर्नु भयो।
बेलका नगरपालिकाको नौ लाख रुपैया माननिय बिमल कार्किको निर्वाचन क्षेत्र बिकास कोष मार्फत ५लाख ,पुर्व माननिय सान्ता चौधरीबाट १लाख पचास हजार ,स्थानिय सहयोगी दाताबाट ३६ हजार तथा अन्यबाट गरि करिब १९ लाख लागतमा संग्रहालयको स्थापना भएको स्थानिय अगुवा नेता नन्दीलाल चौधरीले बताए।
कार्यक्रम उद्घाटनका क्रममा राज्यमन्त्री विश्वासले थारु जाती मुलुककै सबैभन्दा पुरानो बासी र पुर्व मेची देखि पश्चिम महाकालीसम्म बसोवास रहेको चर्चा गर्दै राज्यको सबै निकायमा उपस्थितीका लागि लाग्नु पर्ने बताए ।
राज्यमन्त्री विश्वासले थारुहरुको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राज्यको सबै निकायमा उपस्थितीका लागि कडा मेहेनत गर्नु पर्ने बताए । थप अर्को प्रसंगमा नेकपा सरकार जनतालाई न्याय गर्ने सरकार भएकोले क्रमिक रुपमा सबैखाले समस्याहरु निराकर हुने बताउदै संग्रहालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
माननिय बिमल कार्कीले आफ्नो निर्वाचन क्षेत्र बिकास कोष मार्फत ५ लाख सहयोग गरेको बेल्हाको थारु संग्रहालय सिम्बोलिक रुपमा रहेको र यस्लाई प्रदेश नं १ कै संग्रहालयको रुपमा बिस्तार गर्नु पर्ने बताउदै कोशी टप्पु बन्यजन्तु आरक्षसंग समन्वय गरेर चिंतवन सौराहाको झै बनाउन सकिने र यस्को प्रसस्त सम्भावनाहरु बेलकामा रहेको बताए ।
माननीय अम्बिका थापाले आदिवासी जनजातीहरुलाई सहयोग गर्नु तीनै तहको सरकारको कर्तव्य भएको बताउदै उदयपुर सुनसरी सिमाना बिवाद,कोशी नदि कटान, त्रियुगा नदि कटान तथा डुवान समस्याको वारेमा आफुले सदनमा कुरा उठाउदै आएको बताउदै बेलका आफ्नो स्थायी घर भएकोले पनि बिकासका कुरामा आफु हरदम लागिरहेको बताए।
माननिय सुनिता चौधरीले थारु समुदायले आफ्नो जाती प्रति गर्व गर्नु पर्ने बताउदै आवश्यक सहयोग आफ्नो तर्फबाट गर्ने धाराणा राखे। बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुनै पनि समुदायको उत्थानमा जात प्रधानता नहुने बताउदै थारु समुदायको उत्थानका लागि थारुकै छोरा हुन नपर्ने बताउदै सम्पुर्ण जातजाति धर्म समुदायको उत्थानमा नगरपालिका लागि परेको बताए ।
मेयर थापाले बेलका नगरपालिकाले हाल १९ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई उच्च प्राबिधीक शिक्षा पढाईरहेको र असाह्य ,गरिबहरुको सहयोगका लागि सधै तत्पर रहेको बताए,मेयर थापाले ,हामीले चामल,दाल नुन लगायतका खाद्ध सामाग्री नियमित रुपमा बाडीरहेको छौ ।
मैनामैनी क्षेत्रलाई किरात आस्था केन्द्रको रुपमा नगरले घोषणा समेत गरिसकेको नगर प्रमुख थापाले बताउदै थारुहरु पनि बेलकाको गहना भएकोले आजको राजनिती जातिगत राजनिती नभएको समेत बताए । कार्यक्रममा त्रियुगा नगर प्रमुख बलदेव चौधरीले कार्यक्रममा बधाई तथा शुभकामना दिदै थारु संग्रहालय थारु पहिचानको कोसेढुंगा साबित हुने बताए।
नेकपा बेलका नगर अध्यक्ष मनोज तामाड०ले पिछडीएको जाती समुदाय र लिंगको उत्थान र बिकासका लागि नेकपा स्थानिय सरकार लागिरहेको वताउदै बेलका नगर सरकार र नेकपा पार्टी सदैब जनताको सुरक्षा र सुखी बनाउन दिनरात नभनी काम गरिरहेको बताए ।
कार्यक्रममा बेलकाका उपमेयर राजकुमारी चौधरी, त्रियुगाका देवी कुमारी चौधरी ,सप्तकोशीका आसादेवी चौधरी,नगर सल्लाहकार नारद निरौला,गनेस बस्नेत ,जसपा का बेलका नगर अध्यक्ष सुरेन्द्र राई,थारु कल्याणकारी सभाका उदयपुर अध्यक्ष मिश्रीकान्त चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका नगर अध्यक्ष ललित राईको समेत उपस्थिती रहेको थियो। कार्यक्रम नगर स्तरिय थारु उत्थान बिकास समितीका अध्यक्ष हरी नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अतिथीहरुलाई थारु परिकार संगै थारु संस्कृतिका झॉकी सहित स्वागत गरिएको थियो।