उदयपुरमा म्याराडोनाको सम्झनामा मैत्रिपुर्ण फुटवल सम्पन्न

उदयपुर । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा उदयपुरमा श्रद्धाञ्जली कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सनिवार सदरमुकाम गाईघाट स्थित थरुहट रंगशालामा जिल्ला फुटबल संघ उदयपुरले श्रद्धाञ्जली तथा मैत्रिपुर्ण फुटवल कार्यक्रम आयोजना गरेको हो।

गत बुधबार हृदयघातका कारण संसारकै महान खेलाडीका रुपमा चिनिएका अर्जेन्टिनाका म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो । यसले विश्वभरिका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन् ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

१९८६ को विश्वकपमा अर्जेन्टिनालाई उत्कृष्ट एकल प्रदर्शनमा विश्वकप फुटबलको उपाधि जिताएका म्याराडोना संसारभर सर्वाधिक लोकप्रिय खेलाडीको रुपमा चिनिएका थिए । श्रद्धाञ्जली कार्यक्रमसगै संसारकै महान खेलाडीको रुपमा चिनिएका म्याराडोनाको स्मृतिमा त्रियुगा नगरपालिका गाईघाटको भेट्रान टिम तथा कटारी नगरपालिकाको भेट्रान टिम बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

थरुहट रंगशालामा भएको खेलमा गाईघाटले कटारीलाई ५–३ को गोल अन्तरले पराजित गरेको छ । गाईघाटका लागी एन्फा प्रवक्ता समेत रहेका किरण राई तथा किरण कार्कीले २ र २ तथा कुमार राईले १ गोल गरेका थिए ।

कटारीको लागी कुमार तामाङ, सुवास तामाङ तथा रामबाबु अधिकारीले १ र १ गोल गरे । एन्फाका प्रवक्ता किरण राई, जिल्ला फुटबल संघ उदयपुरका पदाधिकारी लगायत खेलाडी तथा खेलप्रेमिहरुको ठुलो सहभागीता रहेको थियो ।

Facebook Comments