गरासका युवाहरुद्वारा धेउसीबाट उठेको रकम बिरामी बालिकालाई सहयोग

उदयपुरको कटारी नगरपालिका २ गुराँसका युवाहरुले देउसी खेलेर उठाएको रकम रोगी बालिकालाई सहयोग गरेका छन । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् ।                                                                                                                                                                            सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ । Fireflies welfare society (FFWS) समूहले देउसी खेले बापत उठेको ६०,५५५ (साठ्ठी हजार पाँच सय पच्पन्न) रुपैय रकम गरासका युवाहरुले सहयोग गरेका छन ।                                                                                                                              युवाहरुले देउसी भैलो खेलेको रकमबाट सामाजिक कामका सहयोग गरेका छन । बैंक अफ काठमाण्डु लिमिटेडको (२०६५००००००३१५२४) खाता नम्बरमा जम्मा गरिएको सोनु तामाङले जानकारी दिए ।  आजकालका अधिकांश युवाहरु देउसी भैलो खेलेर उठाएको रकमबाट बनभोज, भ्रमण, मनोरञ्जन गरेर सक्ने गरेको पाइएता पनि तर कटारी २ गरासका युवाहरुले भन्ने फरक क्षेत्र सामाजिक कार्यमा सहयोग गरेका गरासका अगुवा प्रेम लामाले बताउनु भएको छ।

‘अपांग, अशक्त गरिब दिन दुःखीलाई सहयोग गर्ने उदश्यले युवाहरु मिलेर देउसी भैलो कार्यक्रमको आयोजना गरेर उक्त रकम उठाईएको र सामाजिक संञ्जालहरुका सियोना श्रेष्ठको भिडियो देखेपछि सहयोग गरेको गरासका युवा प्रशान्त लामाले बताए। ’ सानो सहयोग भएता पनि साथीभाई मिलेर सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी भएको लामाले बताए।

सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने र नेपालमा उपचार सम्भव नहुने भएकोले अमेरिकामा मात्रै सम्भव हुने भएकोे सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ ।

हालसम्म ३ करोड रुपैयाँ जम्मा भइसकेको पनि उनीहरुले जानकारी गराएका छन् । सहयोगका लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपील गरिएको छ ।

Facebook Comments