नेता राईद्धारा धौरीमा बिद्युत उद्घाटन, लक्ष्मि पुजाको दिन गाउँ झिलिमिलि

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको १६ स्थित सबैभन्दा विकट मानिएको धौरी बस्ति झिलिमिलि बनेको छ । राष्ट्रिय प्रशारणको विद्युत लाईन गाउँमा विस्तार गरेसंगै सो बस्ति झिलिमिलि बनेको हो ।

उज्यालो पर्व तिहारको अवसर पारेर गाउँमा बत्ति बालिएको हो । नगरपालिकाको सबैभन्दा विकट पहाडी वडाको रुपमा रहेको वडा नम्बर १६ को भौरी गाउँमा लक्ष्मि पुजाको दिन विजुली बलेपछि स्थानीयहरु खुसी भएका छन् ।

नेकपा उदयपुरका सचिवालय सदस्य एवम् एन्फा प्रवक्ता किरण राईको प्रमुख आतिथ्यमा विजुली बत्तिको भब्य उद्घाटन भएको वडाअध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार प्रमुख अथिति राईले बत्तिको स्वीच थिचेर विजुली बत्तीको उद्घाटन गरेका थिए । बत्ती बलेपछि बर्षौदेखिको धौरीबासीको विजुली बाल्ने सपना पुरा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राईले नेकपाको सरकारले जनतासंग चुनाबमा गरेको प्रतिबद्धता पुरा गर्ने र जनताको हरेक सुखदुखसंग संगसंगै रहने प्रण लिएको बताए । उनले सोही अनुसार ब्यवहार पनि देखाउदै आएको पनि बताए ।

उनले खासगरी ग्रामिण भेगका जनताहरु भौगोलिक, आर्थिक जस्ता समस्या र अभावले झेलिरहेको अवस्थामा स्थानीय सरकार अन्तर्गतका जनप्रतिनिधिहरुले उनीहरुको घाउँमा मलम लाउने काम गरिरहेको बताए ।

त्यसैगरि कार्यक्रमको विशेष अतिथि तथा नेकपा उदयपुरका सचिवालय सदस्य भागवत राउतले देशको तीनै तहको सरकार नेकपाको नेतृत्वमा रहेकाले जनताले विकासको अनुभुती गर्न पाएको बताएका छन् ।

उनले खासगरी स्थानीय सरकारको माध्यमबाट जनताको समस्याहरु हल गर्न नेकपा सफल भएको बताए । उनले धौरीमा खानेपानीको अभाब रहेको र अब बिद्युत बिस्तारसँगै स्थानीय मलेवाभिरमा रहेको पानीको स्रोतलाई अव विजुलीको प्रयोग गरेर गाउँसम्म ल्याउन सकिने बताए ।

यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले गाउँमा विजुली बलेको समाचार लेख्न पाएकोमा खुसी ब्यक्त गरेर । उनले ग्रामिण जनताको यस्ता खुसीको खबर लेख्न पाउदा पत्रकारहरुलाई खुसी लाग्ने बताए ।

कार्यक्रममा वडाअध्यक्ष मानबहादुर राईले धौरीबासीको बिजुरी बाल्ने सपना पुरा गरिएको बताए । उनले अब धौरीमा खानेपानीको समस्या रहेकोले हल गर्न पनि वडा लागी परेको बताए ।

धौरीमा मुख्य तीनवटा समस्याहरु सडक, विजुली र खानेपानी मध्ये, सडक र विजुली पुगेपछि खानेपानीको समस्या हल बाँकी रहेको वडाअध्यक्ष राईले बताए । कार्यक्रममा शिक्षक, टोलविकास संस्था, सामुदायिक वन समुह, स्वास्थ्यकर्मी, नागरिक समाजको प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राखेका थिए ।

भिडियोः

Facebook Comments