उदयपुरमा विद्युत सटको कारण आँगोलागि हुँदा ८० लाख बराबर क्षेति

उदयपुर । उदयपुरको विभिन्न स्थानमा विद्युत सटको कारण आगलागी हुँदा करिव ८० लाखभन्दा बढी क्षेति भएको छ । क्षेति त्रियुगा नगरपालिका १० बोक्से र बेलका नगरपालिका ८ कोठुमा विद्युत सट हुँदा आँगोलागिबाट दुईवटा घर पूर्णरुपले जलेर नष्ट भएको छ ।

विहिबार दिउँसो त्रियुगा नगरपालिका १० बोक्से स्थित मिलन टोल वस्ने जसजित सुयलको घर पूर्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार काठको खाबो, टाटीको बेरा र फुसको छानो भएको १ तल्ले घरमा विद्युत सटको कारण आँगोलागि हँुदा जलेर नष्ट भएको हो ।

आँगोलागिबाट करिव ३ लाख बराबरको क्षेति भएको छ । जसमा घरमा रहेको लत्ता कपडा, भाडावर्तन, अन्नपात, नगद ८० हजार, ५ आना सुन, ७ तोला चाँदी पूर्णरुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा आँगो नियन्त्रणमा आएको थियो ।

त्यसैगरि बेलका नगरपालिका ८ बस्ने गान्दिप राई र बुद्ध राईको जस्तापाताको एउटै छाना भएको र ईटा सिमेन्टले बनेको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आँगोलागिबाट करिव ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गान्दिपको घरमा होटल सञ्चालन हुदै आएको र आँगोलागिबाट होटलमा प्रयोग हुदै आएको फर्निचर, जिन्सी सामान, पेय पदार्थ, खाद्यान्न, लत्ता कपडा, भाडावर्तन लगायतका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । आँगोलागिबाट करिव १० लाख ५० हजारको सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरि बुद्धको घरमा स्टेशनरी पसल रहेको र पसलमा भएको सम्पूर्ण स्टेशनरीको सामान, फर्निचर लगायतका सामानहरु पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आँगोलागिबाट करिब ७ लाख बराबरको सामान नष्ट भएको छ । इलाका प्रहरी कार्यालय रामपुरबााट खटिएको प्रहरी टोली, दमकल र स्थानीयबासीको सहयोगमा आँगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

भिडियोः

Facebook Comments