जिल्ला अस्पताल उदयपुरका कर्मचारी र मेयरका चालकलाई कोरोना देखिएसँगै सदरमुकाममा त्रास

उदयपुर । जिल्ला अस्पतालका उदयपुरका स्वास्थ्यकर्मी र त्रियुगा नगरपालिकाका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि फेरी सदरमुकाम गाईघाटमा त्रास फैलिएको छ । विरामीको अत्याधिक चाँप हुने अस्पतालका ४८ बर्षिय रेडियोग्राफर, नगरपालिकाका मेयरका ३५ बर्षिय चालक र एक ३७ बर्षिया महिला गरी तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै उदयपुरमा संक्रमितको संख्या एक सय ४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । प्रादेशिक अस्पताल विराटनगरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना भाईरसको संक्रमण देखिएको हो । नयाँ संक्रमितको संख्या थपिएसँगै सामान्य बन्दै गएको त्रियुगा नगर क्षेत्रमा पुनः त्रास सुरु भएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदबाट समुदाय स्तरमा फैलिएको कोरोना भाईरस पछिल्लो दुई महिना यता नगर क्षेत्रमा सुन्य अवश्थामा पुगेको थियो । भिडभाँड हुने कार्यालयमा संक्रमण देखिन थालेपछि सदरमुकाम आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

जिल्लामा देखिएका संक्रमित मध्ये एक सय तीन जना पुरुष र ४० जना महिला रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ७७ जना, बेलका ५१ जना, कटारी ७ जना, चौदण्डीगढी नगरपालिकामा ३ जना, ताप्ली गाउँपालिकामा ३ र उदयपुरगढी गाउँपालिकामा २ जना रहेका छन् ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म दुई हजार आठ महिलासहित सात हजार आठ सय ६५ जनाको पिसिआर टेष्ट गरिएको छ । त्यसमध्ये सात हजार सात सय ९१ जनाको रिर्पोट आईसकेको छ । कार्यालयकाअनुसार ९ जना पुरुषसहित १२ जना क्वारेन्टाईनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाईनमा रहेका छन् ।

भिडियोः

Facebook Comments