चार वडाअध्यक्षद्धारा नगरसभा बहिष्कार

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको आईतबार सम्पन्न चौथो नगरसभालाई चार वडाका वडाअध्यक्षहरुले बहिष्कार गरेका छन् । आगामी आर्थिक बर्ष २०७७÷७८ को लागि नगरपालिकाले ल्याएको नीति तथा बार्षिक कार्यक्रममा आफुहरुको गम्भिर असहमति रहेको भन्दै उनिहरुले बहिष्कार गरेका हुन् ।

बहिष्कार गर्नेमा वडा नम्बर २ का वडाअध्यक्ष सन्तोष सुबेदी ‘बलिदान’, वडा नम्बर ५ का वडाअध्यक्ष देब नारायण चौधरी, वडा नम्बर ६ का वडाअध्यक्ष कमलध्वज राई र वडा नम्बर ९ का वडाअध्यक्ष प्रकाश राउत रहेका छन् । उनिहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नगरसभा बहिष्कार गरिएको जानकारी गराएका थिए ।

बिज्ञप्तीमा नगरपालिकाको सम्पन्न चौथो नगरसभाले आर्थिक बर्ष २०७७÷७८ को नीति तथा बार्षिक कार्यक्रमको अनुमोदन कार्यक्रममा आफुहरुको गम्भिर असहमति रहेको उल्लेख गरिएको छ । उनिहरुले नगरपालिकाभित्र रहको बेथिति र अन्यायपुर्ण ब्यवहार र नरवासीलाई बिभन्न बाहानामा जनताले भोग्दै आईरहेको समस्यामा हामी वडाअध्यक्ष र सदस्यहरुले नगरप्रमुखसँग व्यक्तिगत र संस्थागत सल्लाह दिदै आएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

तर, सकारात्मक लिनुको साटो असमता र अहंकारको आडमा नगरप्रमुखले राजनीतिक पुर्वाग्रही हुदै व्यक्तिगत आग्रह पुर्वाग्रह लिई आएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उल्लेख भएअनुसार त्यसको सजाय वडाबासीले पाउँदै आएको छ ।

अहिले वडामा आउदै गरेको नियमिति एक करोड बिकास बजेट समेत ५० प्रतिशत कटौटि गरेको र वडाका नीति तथा कार्यक्रमहरु वडा परिषदबाट स्वीकृत भई नगरमा जाने र नगरसभाले त्यसलाई अनुमोदन गर्ने नीति बिपरित वडा समितिबाट छनौट नै नभएका बार्षिक वडाका योजनाहरु नगरले आफुखुसी छनौट गरेको छ ।

नगरले “स्थानीय सरकार सञ्चालन ऐन, २०७४”ले तोके बिपरित नगरपालिकाबाट कार्य हुनु र आफ्नै निगाहामा बजेट सञ्चालन गर्नुका साथै आफ्ना आफन्तहरुलाई बजेत बाँडी निस्चित घेरामा रमाउने गरेको आरोप समेत लगाएका छन् ।

त्यस्ता प्रबृतिले नेपालको प्रचलित कानुनले दिएको अधिकार बमोजिम जनताले छनौट गरी वडा समितिबाट छनौट भएका योजनालाई बहुमतको अहमतामा संसोधन गरी बजेत अनुमोदन गर्ने कार्य भएकोले हामीलाई दुःखी र मर्माहित तुल्याएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनिहरु नेकपाबाट तर्फबाट निर्वाचित वडाअध्यक्षहरु हुन् ।

Facebook Comments