अस्पतालको स्टाटसप्रति पत्रकार महासंघ उदयपुरको आ’पत्ति, कानुनी दायरामा ल्याउन माग गर्दै विज्ञप्ती

उदयपुर । सामाजिक सञ्जालको दुरुपयोग गर्दै स्टाटस् लेख्ने उदयपुरको गाईघाटस्थित “गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, उदयपुरले आइतबार विज्ञप्ती जारी गरेको छ ।

समाचारको विषयलाई लिएर अस्पतालले आप्mनो आधिकारिक फेसबुकमा पत्रकार र पत्रकारिताप्रति लक्षित गरी लेखेको अपशब्दसहितको स्टाटस आ’पत्तिजनक मात्र नभई कानुन विपरित रहेको भन्दै महासंघले कारवाहीको माग गरेको हो ।

उपचारको विषयलाई लिएर पटक पटक विवादित बन्दै आएको सो हस्पिटलले आफ्ना काला कर्तुतहरु लुकाउन यस्तो हर्कत गरेको ठहर गर्दै महासंघले एउटा जिम्मेवार स्वास्थ्य संस्थाको लापरवाही र सेवाग्राहीले राख्ने गुनासोको समाचार लेख्नु पत्रकारिताको धर्म हो भनेको छ । बेलाबेलामा स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने, दबाब र प्रभावमा पार्ने प्रयास हुने गरेको भन्दै त्यसकै दृष्टान्तको रुपमा अस्पतालको हर्कतलाई महासंघले लिएको विज्ञप्तीमा उल्लेख छ ।

स्टाटसको विषयमा महासंघले कुरा गर्दा अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख डाक्टर सञ्जयकुमार साहले अस्पतालको विषयमा मिडियाले समाचार लेख्यो, मैले स्टाटस लेखेँ भन्दै गैरजिम्मेवार जवाफ दिएपछि महासंघ अस्पतालको गलत हर्कतको विरुद्ध उत्रिएको हो । सञ्चार माध्यममा आएका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्ने अधिकार हुदाहुदै सामाजिक सञ्जालको दुरुपयोग गरेर कुनै सम्मानित मेशाको मर्यादा र गरिमामाथि आँच पुर्याउन आपत्तिजनक मात्र नभई कानुन विपरित काम भएको महासंघले ठहर गरेको छ ।

एक जिम्मेवार स्वास्थ्य संस्थाले गरको सामाजिक सञ्जालको दुरु’पयोग, पेशाप्रतिको मानमर्दन र गैरजिम्मेवारीपनको छानविन गरी कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायसंग माग गरेको छ ।

“सञ्चार माध्यममा आएका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्ने अधिकार हुदाहुदै सामाजिक सञ्जालको दुरुपयोग गरेर कुनै सम्मानित मेशाको मर्यादा र गरिमामाथि आँच पुर्याउन आपत्तिजनक मात्र नभई कानुन विपरित भएको महासंघको ठहर छ । अतः सम्बन्धीत निकायले छानविन गरी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं ।” महासंघ शाखा सचिव पर्शुराम थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । महासंघले प्रेस तथा स्वतन्त्र अभिब्यक्तिको रक्षाका लागि सबैलाई आव्हान गर्दै जनउत्तरदायी पत्रकारिताको रक्षामा दृढ रहेको विज्ञप्तीमा जनाएको छ ।

अस्पतालले हिजाे अस्पतालकाे अफिसियल फेसबुक ‘गाइघाट सिभिल अस्पताल’मा पत्रकार र पत्रकारितालाइ लक्षित गरी खेद’जनक स्टाटस् राखेकाे छ ।

Facebook Comments