उदयपुर । जनताको जीउधन र राष्ट्रको सुरक्षाको निम्ति खटिने सुरक्षाकर्मीबाटै कुटपीट भएपछि उदयपुरको बेलका नगरपालिका ३ नेवारेटोलका १९ बर्षिय अनुराग श्रेष्ठ न्यायका लागि भौतारिएका छन् ।
बैशाख ९ गते राती इलाका प्रहरी कार्यालय रामपुरबाट साधापोसाकमा आएका प्रहरी जवानद्धय सत्यनारायण चन्द वंशी र नरबहादुर कार्कीले आफु र ५५ बर्षिय वुवा कुमार श्रेष्ठमाथि अन्धाधुन्द कुटपिट गरेको बताएका छन् ।
उनले भने, ‘वुवा र म राती ढोका लगाएर सुतिसकेका थियौ करिव १२ बजेको समयमा आाएका प्रहरीले हामी प्रहरी हौँ ढोका खोल भने, राम्रोसँग खोल्न नपाई जाईलागे ।
‘एक्कासी वुवामाथि पहिलो प्रहार भयो, उनले भने, ‘किन वुवालाई कुटपिट गरेको भन्दा आमालाई निकाल्ने त हैनस भन्दै मुक्का प्रहार गरे । ‘कुरै नबुझी छलफल नी नगरी अन्धाधुन्ध मुक्का प्रहार भयो, हामीले कुनै प्रतिबाद गर्न पाएनौ, वाउँ छोरै ढलेपछि आमालाई राखिनस भने फेरी आएर कुटछौ भन्दै हिडे । उनले सुनाए ।
‘जनताको सुरक्षाको निम्ति खटिने प्रहरीबाटै यस्तो व्यवहार भयो भने को सुरक्षित हुने, अनुरागले भने, ‘बरु गाली गरेका भए हुन्थ्यो, सिधै कुटपिट भयो, त्यसैले आफु अन्यायमा परेको ढानेर तपाईहरुसँग आएको हु ।
कुटपिट गर्ने प्रहरी विरुद्ध उनले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । निवेदन बोकेर बेलका नगर प्रमुख दुर्गाकुमार थापाको कार्यकक्ष पुगेका अनुरागलाई नगर प्रमुखले प्रहरीको निकायमा निवेदन दिनु, त्यहाँबाट कारवाही नभए अन्य निकायमा जान सुझाब दिएको उनले बताए । नगर प्रमुख थापाले प्रहरीले ज्याजती गरेको बताए ।
कुटपिटको बिषयमा इप्रका रामपुरका इन्स्पेक्टर रामचन्द्र साहले स्वीकार गरे । जवान द्धयले कुटपिट गरेको वचाउ गर्दै उनले भने, ‘राती ११ बजे मलाई घरबाट वुवा र छोरा मिलेर निकाले भन्दै आमा रुँदै प्रहरीकोमा आईन्, त्यसपछि घर गएर ढोका खोल्न आग्रहगर्दा नमानेपछि हातपात गरेको हो । उनले सामान्य बिषय भएकाले मिलापत्र गरिने बताए ।
‘एउटालाई न्याय दिँदा अर्कोलाई अन्याय गर्नै पर्दो रहेछ, उनले भने, ‘महिलामाथि अन्याय भएकाले दुई चार थप्पड हानेको हो । अंश लिएर अलग्यै घरमा बस्दै आएकी आमा निहुँ खोज्दै आएकाले झगडा गर्नुभन्दा बरु आफुहरु ढोका थुनेर भित्र बस्नु नै बेस सम्झेर भित्रै बसेको अनुरागले बताए ।