उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनि ३३ वर्षका पुरुष हुन् । केहिदिन अघिमात्र भुल्के स्थित नुरी मस्जिदमा लुकेर बसेको ११ भारतीय र २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । भुल्केमा अहिलेसम्म ३ सय २१ जनाको स्वाब परीक्षण गरेको छ । कोशी अस्पतालले संकलन गरेको ८ जनामा पनि पीसिआर पोजिटिभ देखिएपछि थप परीक्षणको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाईको छ । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।