उदयपुरमा लकडाउन उल्लंघन गर्ने ३२ जना पक्राउ

उदयपुर । उदयपुरमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने अभियान सुरु गरिएको छ । अत्याधिक मात्रामा लकडाउन उल्लंघन बढेको भन्दै प्रहरीले शनिबारबाट सो अभियान सुरु गरेका हुन् ।

अभियान सुरु गरेकै दिन सदरमुकाम गाईघाटको बिभिन्न ठाउँहरुबाट ३२ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए । डिएसपी केसीका अनुसार लकडाउनको अवज्ञा गर्दै घरबाट बाहिर निस्किएका व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको हो ।

अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिड्डुल गर्न सक्ने छ । अहिले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनिहरुलाई लकडाउनको फाईदा वेफाईदाबारे सम्झाईबुझाई गरेर साँझ छाडिने समेत डिएसपी केसीले बताए ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

Facebook Comments