वडा कार्यालयद्धारा बोक्सेमा राहत बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेले लकडाउनबाट प्रभाबित आफ्नो वडावासीहरुलाई राहत सामाग्री बितरण गरेको छ । राहत सामाग्री शुक्रबार बितरण गरिएको हो ।

कार्यालयले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो वडामा बसोबास गर्ने मजदुर तथा विपन्न बर्गका घरपरिवारलाई राहत सामाग्री बितरण गरिएको वडाअध्यक्ष प्रकाश खड्काले बताए । अध्यक्ष खड्काका अनुसार प्याकेजमा १ पोका तेल, १ केजी नुन, १ केजी दाल र १० केजी चामल बितरण गरिएको थियो ।

राहत सामाग्री ६ सय ९५ घरधुरीलाई बितरण गरिएको वडासचिब महेश फुयालले बताए । सचिब फुयालका अनुसार उनिहरुलाई वडाभित्र रहेको टोलटोलमा पुगेर बितरण गरिएको थियो । राहत बितरण कार्यक्रमा त्रियुगा नगरपालिका मेयर बलदेब चौधरी, उपमेयर देबि चौधरी, पार्टी प्रतिनिधि, स्थानीय जनप्रतिधि, लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments