बलिका अपहरणमा विप्लबको १३ कार्यकर्ता पक्राउ, ठूलोमात्रामा हातहतियार बरामद

उदयपुर । बालिका अपहरणमा संलग्न १४ जनालाई उदयपुरमा पक्राउ गरिएको छ । उनिहरुलाई जिल्लाको कटारी नगरपालिका १ खसिबासको जंगलबाट बिहिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्तटोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ठूलोमात्रामा हातहतियार बरामद भएको छ ।

पक्राउ पर्ने ६ महिलासहितको उक्त समुह नेकपा माओवादी विप्लब समुह रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ५ नंं. हे.क्वा. उदयपुरका एसपी गाहरधन राईका अनुसार धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका ५ गौरीनाथकी १४ वर्षिया बालिका करिना मोक्तान हिजो अपहरण परेको सूचनाको आधारमा प्रहरीको संयुक्तटोलीले बालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा विभिन्न जिल्लाका २० वर्षिया मुस्कान राई, २८ वर्षिय विवेश खड्का, १६ वर्षिया रिता कार्की, २० वर्षिय विकास राई, १७ वर्षिय आयुष मगर, १८ वर्षिय अविमान तामाङ, २० वर्षिया आशिका लामा, १६ वर्षिया रञ्जना राई, १९ वर्षिया अनिता राई, १९ वर्षिया अनुस्का राउत, १७ वर्षिया सपना राई, ४६ वर्षिया मणिराज राई, १५ वर्षिय आशिस श्रेष्ठ रहेका छन् ।

जंगलमा घेराहाली पक्राउ गरिएका उनीहरुको साथबाट पेस्तोल ३ थान, सकेटबम ११ थान, प्रेसरकुकर १ थान, म्यागजिन ३ थान, खुकुरी २ थान, डेटोनेटर ३ मिटर बरामद भएको एसपी राईले बताए । घेराहाली पक्राउको क्रममा दोहोरो भिडन्ट नभएको प्रहरीले जनाएको छ ।

बालिका मोक्तानलाई एकदिनअघि घरबाटै १२ र १३ जनाको संख्यामा आएको समुहले घरबाटै अपहरण गरेको सूचनापछि हिजैदेखि प्रहरीको संयुक्तटोलीले धनुषाहुदै सिन्धुली, सप्तरी लगायतका जिल्लामा खोजी गर्दै उदयपुरमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई धनुषा प्रहरीलाई बुझाउन पठाइएको र अपहरण परेकी बालिकालाई परिवारलाई जिम्मा लगाउन परिवारसंग सम्पर्क भईरहेको जनाइएको छ । २ नं. प्रदेशका प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीका अनुसार बालिका अपहरणको कारण खुलिनसकेको भएपनि पार्टीको गतिविधिमा संलग्न गराउन जबरजस्ती अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले यो एउटा ठूलो सफलताको काम गरेको उनले बताए

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *