कानुन कार्यान्वयन नहुँदा जेष्ठ नागरिक अपमानित

उदयपुर, १६ चैत्र । कानुन कार्यान्वयन नहुँदा जेष्ठ नागरिक अपमानित हुनु परेको एक कार्यक्रमका सहभागिहरुले बताएकाछन् । राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरले मंगलबार सदरमुकाम गाईघाटमा आयोजना गरेको जेष्ठ नागरिकको मानवअधिकार अबश्था अनुगमन र अन्तरक्रिया बिषयक कार्यक्रममा सरोकारवाला व्यक्तिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले जेष्ठ नागरिक सम्बन्धी बनेको कानुन मजवुद भएपनि कार्यान्वयन तह फितलो हुँदा आफुहरु सेवासुबिधाबाट वञ्चित भएको गुनासो पोखे । कार्यक्रममा सहभागि जेष्ठ नागरिक मञ्च उदयपुरका महासचिब निगम कोईरालाले यातायात, औषधि उपचारमा राज्यले ५० प्रतिशत छुटको व्यवस्था गरेपनि कार्यान्वयनमा आउन नसकेको बताए ।
‘सबै सवारी साधनमा जेष्ठ नागरिक सिटको व्यवस्था गरिएको छ,’ कोईरालाले भने, बस्ने बेलामा नौ जवान युवायुवती बस्छन्, भनौ कुटाई खाने डर नभनौ, विजोकले बस्नु पर्छ । उनले कार्यक्रममा सहभागि आयोगका क्षेत्रीय संयोजक सुवर्ण कर्मचार्य र निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजङ कार्कीलाई लक्षित गर्दै, ‘गाडीमा न ५० प्रतिशत छुट छ, न सिट छ, बनेको कानुन कहिले कार्यान्वयन होला ?’
सहभागि जेष्ठ नागरिकहरुले यातायातवाहेकका अन्य कार्यालयबाट दिईने सेवासुबधा चित्तबुझ्दो नभएको गुनासो पोखे । उनीहरुले सेवा लिनु पर्दा प्राथामिकता नभई अरु सरह लाईनमा बसेर लिनु परेको दुखेसो पोखे ।
कार्यक्रममा बोल्दै आयोगका संयोजक कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरु ओझेलमा परेको बताए । उनले जेष्ठ नागरिक मात्र नभई जनताका अधिकारका सवालमा बनेका नीति नियम कार्यान्वयन नहुँदा सबै नेपाली अधिकारबाट वञ्चित भएको भन्दै कार्यान्वयनमा जोड दिए । उनले विभिन्न वहानामा जनताका अधिकारमाथि हस्तक्षेप बढिरहेको वर्तमान सन्र्दभमा आयोगले राज्य पंक्षलाई बेलामौकामा झकझक्याउने काम गरिरहेको बताए ।
कार्यक्रममा जिल्लाको मानवअधिकारको अबश्थाको बारेमा निमित्त प्रजिअ कार्की, जेष्ठ नागरिकाको अबश्थाको बारेमा महिला विकास अधिकृत निर्मला कार्की, जेष्ठ नागरिकको स्वास्थ्यका सवालमा जनस्वास्थ्य प्रमुख सागर प्रसाई, जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको बारेमा जिल्ला समन्वय समितिका नायव सुब्बा खड्ग खड्का र जेष्ठ नागरिक ऐननियमले गरेका व्यवस्थाका सवालमा नेपाल वार एशोसियसन उदयपुरका पुर्वअध्यक्ष श्यामानन्द चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
महिला तथा बालबालिका कार्यालय र मानव अधिकार रक्षक संजाल उदयपुरको संयोजन भएको उक्त कार्यक्रममा सहभागिहरुले आआफ्ना धारणा प्रस्तुत गरेका थिए । उनीहरुले सामाजिक सुरक्षा भत्ता वैंकबाट वितरण गर्ने प्रकृया झन्झटिलो भएको, वितरण गरेको रकममा घरझगडा हुने भएपछि जेष्ठ नागरिकले घर खर्च टार्ने व्यक्तिलाई बुझाउनु परेको लगायतका समस्या राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *