उदयपुरमा सामुदायिक बनद्धारा उपभोक्तालाई सोलर बितरण (फोटो फिचर सहित)

त्रियुगा । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले निम्न र बिपन्न बर्गका उपभोक्तालाई सोलर बितरण गरेको छ ।
बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित महंकाली सामुदायिक बन उपभोक्ता समिति रहेको छ ।

बिकास क्रमसँगै गाउँ भित्रिएको बिजुली बत्तिको राम्रो प्रभाब नहुदा झनझटिलो रात्रीकालिन समयलाई सहज बनाउने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई सोलर बितरण गरिएको समुहका अध्यक्ष रोहित राईले बताए । अध्यक्ष राईका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई सोलर बितरण गरिएको हो ।

समुहमा आबद्घ ६२ घरधुरी मध्ये निम्न र बिपन्न बर्गका २६ घरधुरीको उपभोक्ताहरुलाई एकएक थान सोलर, सोलरमा प्रयोग हुने ब्याट्री र पाँचवटा सोलर चिमसहित जडान गर्दा प्रयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहको सचिब मिन बहादुर राई बताए ।

सचिब राईका अनुसार सोलर बितरण कार्यक्रममा समुहमा आबद्ध निम्न र बिपन्न बर्गको उपभोक्ताहरुलाई बितरण गरिएको थियो । उनिहरुलाई समुहको अध्यक्ष रोहित राईले सोलर हस्तान्तरण गरेको थियो । बिगतमा पनि उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समितिले गर्दै आएको स्थानीय उपभोक्ता तिलक राईले बताए ।

उनका अनुसार गत आर्थिक बर्षपनि उपभोक्ताहरुलाई ग्याँस सिलिण्डर सहित त्यसमा प्रहयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको थियो । समुहले कृषिमा आधारित कृषक उपभोक्ताहरुलाई कृषि तालिम, सिलाई बुनाई तालिम लगायतका बिभिन्न उत्पादनमुलक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *