आमाछोरी हत्या आशंकामा तिन युवा पक्राउ

उदयपुर । उदयपुरमा भएको आमाछोरी हत्याको आशंकामा स्थानीय तिन युवालाई पक्राउ गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका ९ चौकीवारी बस्ने बर्ष ३० को सारदा कुमारी चौधरी (गोमा) र उनको छोरी बर्ष ९ को रचना चौधरीको हत्या आशंकामा उनिहरुलाई सोधपुच्छको लागि पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढामगरले बताए ।

एसपी बुढा मगरका अनुसार तिनै जनालाई गोप्य (नाम सार्वजनिक नगर्ने) तरिकाले अनुसन्धान गरिने छ । उनिहरुलाई बिहानै देखि प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरी आमा छोरीको गएराती (असोज २५) धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *