घाँटी रेटिएको अवस्थामा आमा छोरीको उदयपुरमा शंकास्पद शब फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीमा आमाछोरी शंकास्पद अवस्थामा मृत भेटिएको छ । घाँटी रेटिएको अवस्थामा मृत भेटिएको उनिहरुको हत्या हुनसक्ने प्रहरीले जनाएको छ । मृत फेला पर्नेमा त्रियुगा नगरपालिका– ९ चौकीबारी बस्ने बर्ष ३० को शारादा कुमारी चौधरी र उनको छोरी बर्ष ९ को रचना चौधरी रहेका छन् ।

उनिहरुको शब घरको भ¥याङ मुनि भेटिएको उदयपुरका प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढा मगरले बताए । एसपी बुढा मगरका अनुसार घटना शंकास्पद भएकोले घटना स्थल सुरक्षित राखिएको छ । अहिले घटना अनुसन्धानका लागि संघीय प्रहरी ईकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याउने काम भईरहेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *