पूर्णपुष्टि १४ वर्षमा प्रवेश, नयाँ कार्यालय र अनलाईनको बिधिगत रुपमा उद्घाटन

उदयपुर । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन शुक्रबार गरेका छन् । एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गर्नुभयो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गरे । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईको विशेष आतिथ्यमा भएको कार्यक्रममा पूर्णपुष्टि मिडियाले खबर तथा सूचना, सन्देश प्रवाह गरेर समाजका लागि गरेको योगदानको चर्चा गरिएको थियो ।

१४ वर्षे यात्रामा रहेको पूर्णपुष्टिले कार्यालय व्यवस्थित पार्नुका साथै संस्थागत विकासमा जोड दिएकोले आगामी दिनमा अझ बढि समाजमा योगदान दिनसक्ने भन्दै साथ, सहयोग दिने प्रतिबद्धता वक्ताहरुले राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि लुईटेल, विशेष अतिथि जिसस उपप्रमुख राई, प्रजिअ खड्का, पत्रकार महासंघ १ नं. प्रदेशका महासचिव विवेक गौतम

बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल कम्यूनिष्ट पार्टी उदयपुरका नेता परमेश्वर घिमिरे, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाईली, गैर सरकारी संस्था महासंघ केन्द्रिय सदस्य महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतले मन्तब्य राख्दै पूर्णपुष्टिको संस्थागत विकासमा आ आप्mना क्षेत्रबाट सहयोग गर्ने बताए ।

उनीहरुले मिडियाले मर्यादीत भई समाजप्रति उत्तरदायि र जिम्मेवारी हुनुपर्नेमा जोड दिदै प्रभावकारी खबर, सूचना र सन्देश प्रभाहका लागि शुभकामना दिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्का, जिल्ला अनुसन्धान कार्यालय उदयपुरका प्रमुख विशेष प्रहरी उपरिक्षक नरेन्द्र दाहाल, रणसार्दुल गण बोक्सेका मेजर अमर बुढाथोकी, घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख सम्भु प्रसाद साहको उपस्थिति थियो ।


त्यस्तै नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्षहरु महेश्वर चामलिङ, इश्वर तामाङ, प्रेस युनियनका केन्द्रिय सदस्य नविन राई, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष गजेन्द्र राई, युनियनका मोरङ अध्यक्ष कुमार लुईटेल, नागरिक दैनिकका पूर्वाञ्चल संयोजक राजु अधिकारी, सामुदायिक रेडियो प्रशारक संघकी केन्द्रिय सचिव बन्दना दनुवार लगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा पूर्णपुष्टिका प्रकाशक तथा प्रधान सम्पादक भोटराज राईले पूर्णपुष्टि मिडिया र यसको युनिटले यतिबेला एउटा सकारात्मक र सिर्जनात्मक प्रयास गरिरहेको बताए । मिडियालाई संस्थागत विकास गर्ने सके समाजका लागि पत्रकारिताको क्षेत्रबाट अझ बढि योगदान दिनसक्ने भएकाले व्यवस्थित बनाउदै अगाडि बढ्ने प्रयास गरिरहेको बताए ।

समाजमा सबै बर्ग, समुदाय र सबै क्षेत्रलाई समान स्थान दिदै खबर प्रवाह, सुचना, सन्देश प्रवाहको काम गर्दै आएको र यो कर्म निरन्तर रहने भन्दै उनले अवका दिनमा अव जिम्मेवार ढंगले लाग्ने बताए । त्यसका लागि सबैको साथ सहयोगको अपेक्षा पनि गरे ।

पूर्णपुष्टिले जिल्लाको आठै पालिकामा सम्बाददाता राखेर खबर सञ्जाल फैलाएको र सामाजिक उत्तर दायित्व वहन गर्न मिडिया डेक्स सञ्चालन गरेको उनले जानकारी दिए । साप्ताहिक पत्रिका प्रकाशनबाट सुरु गरेको पूर्णपुष्टिले अवका दिनमा अनलाईनबाट तुरुन्त खबर र पत्रिकाले खोजखबर दिने उनले बताए । साथै भिडियो साम्रीसमेत अफिसियल यूट्युब च्यानल पूर्णपुष्टि टिभिबाट सम्प्रेक्षण गरिने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *