नेपाली चलचित्र “सिर्जना” मा मिनराज को स्वर

बुद्धि चाम्लिङ
उदयपुरको एक नब गायकले नेपालि चलचित्र “सिर्जना“मा आफ्नो स्वर दिएका छन । स्वर दिनेमा जिल्लाको त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाट निवासी मिनराज चाम्लिङ राई रहेका छन् । जिल्लाकै रौतामाई गाउँपालिका– ५ तिल्केटारमा पुर्ब वडाअध्यक्षसमेत रहेका स्वर्गीय दल बहादुर चाम्लिङ र आमा पानहिरा चाम्लिङको कान्छो छोराको रुपमा जन्मिएका उनले यस अघि पनि आफ्नो पहिलो कृतिको रुपमा ‘मेरी आमा’ बोलको गित रेकर्ड गराईसकेका छन ।

सरिता राईको शब्द्ध र बिकाश चौधरीको संगीतमा पहिलो कृतिको रुपमा आधुनिक सोलो गीत मेरी आमा रेकर्ड गरेका थिए । त्यसको नौ महिनापछि उनले नेपाली चलचित्रको गीतमा स्वर दिन भ्याएका हुन् । युटुबमा रहेको सो गीत दर्शक र श्रोताले राम्रोसँग मन पराएका छन् । उनले उक्त गीत गत असार १६ गते रेकर्ड गराएका थिए ।

एक दशक बढी बैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका गायक चाम्लिङले आफ्नो गीत रेकर्ड गर्नु अघि विभिन्न अनलाईन गायन प्रतियोगितामा भाग लिदै आएका थिए । गायक चाम्लिङको विभिन्न आधुनिक गीतहरुको कभर संङ युटुबमा हेर्न सकिन्छ । आगामी दिनहरुमा पनि नयाँ गीत ल्याउने योजना रहेको चाम्लिङ बताउछन । चलचित्रको उक्त गीतमा अर्का नब नायक प्रज्वल गिरीले अभिनय गर्दैछ्न । नायिक भने अझै टुङ्गो लागेको छैन ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *