ताप्लिमा प्रदुषण नियन्त्रणका लागि अभियान

ताप्लि । वढ्दो प्रदुषण नियन्त्रणका लागि ताप्लि गाउँपालिकाले वातावरणसँग सम्बन्धित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार गाउँपालिकामा आयोजित वातवरणसँग सम्बन्धि कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले यस्तो घोषणा गरेका हुन् ।

वातावरण अनुकुलन नहुँदा विभिन्न क्षेत्रमा क्षेयीकरण वढ्दै गएपछि पालिकाले यस्तो कार्यक्रम अघि सार्ने तयारी गरेको हो । वातावरणको क्षेत्रमा जिल्लामा काम गर्दै आएको शान्ति समाज केन्द्र (पेसोक)सँगको साझेदारीमा पालिकाले यस्तो प्रस्ताव अघि सारेको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले वातावरणलाई बुझ्न नसक्दा विकास निर्माण तथा स्वास्थ्यका क्षेत्रमा गम्भिर असर पुगेकाले वातवरण अनुकुलन हुने गरी कार्यक्रम अघि सारिएको बताए ।

उनले वातवरणलाई ध्यान नदिई विकास निर्माणका कामहरु अघि बढाउँदा पानीको स्रोतहरु सुक्ने, तातो हावा फाल्ने जसले गर्दा स्वास्थ्यमा प्रतिकुल असर पुगेको बताए । कार्यक्रममा पेसोकका अध्यक्ष सृजना दनुवारले विकासका नाममा जथाभावि बोटविरुवा काटने र डोजर लगाउने प्रवृतिले भुक्षयको खतरा भई प्रकोपको जोखिम बढेको बताईन् ।

उनले वातावरणसँग सम्बन्धित रहेर सरसफाइमा ध्यान दिन सके व्यक्तिको स्वास्थ्यमासमेत सहज हुने बताईन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेशनं १ का कोषाध्यक्ष दुर्गानन्द चौधरीले विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन, म अघि बढ्छु प्रदेशनम्बर १ कार्यक्रममा मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले दिगोविकास र सरसफाइ सम्बन्धि सहजिकरण गरेका थिए ।

त्यसैगरी पेसोकका कार्यक्रम संयोजक दिनेश परियारले सरसफाइ र यसको संरचनागत व्यवस्था सम्बन्धि बिषय बस्तुका बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलमाया राई, वडाध्यक्ष धर्मध्वज राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बोलेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *