त्रियुगा नदि सरसफाई अभियान सुरु (फोटो फिचर सहित)

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिले स्थानीय त्रियुगा नदिलाई सरसफाई गर्ने अभियान सुरु गरेको छ । नदिलाई बहुउपयोगी बनाउने र दिगो व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाको अयोजनामा सो अभियान सुरु गरेको हो । ‘त्रियुगा सभ्यता र बिकास, हाम्रो प्रयास’ भन्ने नाराका साथ उक्त अभियान शनिबारदेखि सुरु गरिएको हो ।

सरसफाई अभियान प्रत्येक शनिबार सञ्चालन गरिने त्रियुगा नगरपालिका मेयर बलदेब चौधरीले बताए । मेयर चौधरीका अनुसार सरसफाईको पहिलो चरणमा नदि आसपासमा रहेको फोहोरहरुलाई व्यवस्थित गर्ने काम भएको छ । सरसफाई अभियान त्रियुगा नदिको शिरदेखि तिर (दोभान)सम्म गरिने छ ।

अभियानको पहिले चरणमा त्रियुगा बसपार्क आसपासदेखि त्रियुगा पुल, त्रियुगा शब घाट र शान्तिधाम आसपास सरफाई गरिएको छ । सरसफाई अभियानमा जनप्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज, पत्रकार, बिद्यार्थी लगायत सर्वसाधारणको बाकुलो उपस्थिति रहेको थियो ।

फोटो फिचरः–


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *