शान्तिको उपचार्थ सहयोग जुट्नेक्रम जारी (भिडियो सहित)

उदयपुर । उदयपुरकी बोनम्यारो पीडित शान्ति राईलाई आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्से नयाँबस्तीकी २१ बर्षीय शान्तिको उपचार्थ सो सहयोग जुट्नेक्रम जारी रहेको हो । यसैक्रममा त्रियुगा नगरपालिका–१४ साउने निवासी बेदबहादुर राईको पहलमा ४१ हजार एक सय ६५ रुपैया आर्थिक सहयोग जुटेको छ ।

बेदबहादुरका अनुसार पाँच हजार ५५ रुपैया आफ्नो ब्यक्ति सहयोग र ३६ हजार एक सय १० रुपैया स्थानीय सहयोगी मनहरुको सहयोगमा सो रकम संकलन भएको हो । संकलित रकम शान्ति राई बचाउँ अभियानका कोषाध्यक्ष प्रेमकुमार राईलाई आईतवार हस्तान्तर गरिएको छ ।

रकम हस्तान्तर गर्दै आर्थिक पहलमा जुटेका बेदबहादुरले पीडित शान्तिको बारेमा जानकारी पाएपछि सबैसँग सहयोगको अपिल गर्दै आफु अभियानमा लागेको बताए । त्यसैगरि रकम बुझ्ने क्रममा शान्ति राई बचाउँ अभियानका कोषाध्यक्ष प्रेमकुमारले शान्तिको उपचार्थ १५ लाख भन्दा बढी रकम संकलन भईसकेको बताए । संकलन भएको रकम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको उनले बताए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *