अबैध लागुऔषध सहित उदयपुरमा चार युवा पक्राउ

उदयपुर । अबैध लागूऔषध सहित उदयपुरमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ६ बस्ने बर्ष ३४ को गणेश चौधरी, त्रियुगा– ११ बस्ने बर्ष २४ को बिगेश राई, बर्ष २४ को अशोक भन्ने आशिस राई रहेको छन् । उनिहरुलाई गोप्य सूचनाको आधारमा त्रियुगा नगरपालिका–११ साकेला टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले बताए ।

डिएसपी रानाभाटका अनुसार उनिहरुको साथबाट लागूऔषध फेनारागन ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, डाईजेल्याव ७ एम्पुल सहित ४ थान सिरिन्ज बरामद गरिएको थियो । त्यसैगरि त्रियुगा नगरपालिका–६ लालपत्तामा यात्रुबाहकलाई चेक जाँच गर्ने क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका–११ बस्ने वर्ष २० को रामबाबु चौधरी पक्राउ परेकोे छ । पक्राउ परेको चौधरीको साथबाट सय ग्राम गाँजा बरामत भएको प्रहरीले जनाए । अहिले पक्राउ परेको चारै जनााई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *