सरकार समृद्धि र विकासको ढोका खोल्न प्रयासरत छः उपप्रधानमन्त्री पोखरेल

उदयपुर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेकपा नेतृत्वको दुईतिहाई बहुमतको सरकार देशमा आमूल परिवर्तन हुनेगरी समृद्धि र विकासको ढोका खोल्न प्रयासरत रहेको बताएका छन् । आईतबार गाईघाटमा आयोजित ‘उदयपुर साक्षर जिल्ला घोषणा कार्यक्रम’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा पूरा गराउन वर्तमान सरकार प्रतिबद्ध रहेको दोहो¥याए ।

‘हामी पहिले ९÷९ महिनामा बद्लिने सरकारजस्तो होईनौं, हिजो र आजको सरकार परिवर्तनमा धेरै भिन्नता छ’ पोखरेलको स्पष्टोक्ति थियो ‘साँच्चै परिवर्तन ल्याउन बद्लिएको सरकार हो । ९ महिना होईन, ५ वर्ष चल्ने, विकास, समृद्धि ल्याएर जनताको जीवनमा आमूल परिवर्तन ल्याउने सरकार हो ।’ शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता कुरा संविधानको मौलिक हकमै उल्लेख भएको भन्दै उनले त्यो पूरा गराउन सरकार प्रतिबद्ध रहेको बताए । एकवर्ष बितेको समिक्षा गर्दै पोखरेलले आवश्यक ऐन÷कानुनको अभावमा सरकारले घोषित नीति तथा कार्यक्रम र प्रतिबद्धता अनुसार काम गर्न नसकिरहेको स्वीकारे ।

सरकार गठनको पहिलो वर्ष विकास र समृद्धिको आधार तयार गर्नमै बितेको भन्दै उनले आगामी वर्षहरुमा घोषित नीति तथा कार्यक्रम र चुनावी घोषणापत्रमा गरिएका वाचाहरु पूरा गराउने गरी काम गर्न सरकारको तर्फबाट प्रतिबद्धता जनाए । आउँदो चैत तेस्रो साताभित्र देशमा आवश्यक सबै कानुनहरुको निर्माण गरिसक्नेगरी विधेयकहरु बनिसकेको र संसदमा लगेर पास गर्न मात्र बाँकी रहेको भन्दै अहिलेसम्म १ सय ३० वटा कानुन पास भईसकेर कार्यान्वयनमा ल्याउने क्रम चलिरहेको जानकारी दिए ।

उनले अहिले सरकार कानून अभावमा प्रभावकारी ढंगबाट चल्न नसकेको बताएका छन् । उनले जनताको शान्ति सुरक्षाप्रति सरकार थप चनाखो रहेकोे बताए । जीवन बाँचे शिक्षा, स्वास्थ्य र अन्य सुविधा उपभोग गर्ने भएकाले पहिले जनताको जीवन रक्षा अनि मात्र मौलिक हकको कुराप्रति सरकारको ध्यान जाने उनले बताए । उपप्रधानमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटदेखि बृद्धभत्ता ५ हजार पु¥याउने आश्वासन पनि दिए । गएको संसदीय निर्वाचन घोषणापत्रमा वाचा गरे अनुसार जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता दिने प्रतिबद्धता आउदो बजेटदेखि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *