उदयपुर । ठूलो संख्यामा अबैध लागूऔषध सहित उदयपुरमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने गणेश कुमार गुप्ता र ओम प्रकाश राई रहेका छन् । उनिहरुलाई बुधबार त्रियुगा–६ देउरी स्थित देउरी स्कुल अगाडी बिशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले बताए ।
डिएसपी रानाभाट अनुसार उनिहरुको साथबाट लागूऔषध फेनारागन दुई सय ६० एम्पुल, लुपिजेसिक एक सय २० एम्पुल, डाईजेल्याव थान दुई सय ७२ एम्पुल, नुफिन एक सय ६५ एम्पुल अबैध लागुऔषध बरामद गरिएको छ । त्यसैगरि एनसिएलको सिमकार्ड १४ थान, एक हजार छ सय ४५ रुपैया नगत र दुई थान मोवायल सेटसमेत बरामद गरिएको छ । उनिहरुलाई बिहिवार एक पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो । उनिहरुलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
भिडियोः–