उदयपुरमा हात्ति आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख राहत

उदयपुर । जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका उदयपुरको बेलका नगरपालिका ३ का रामकुमार सार्की (अपाङ)को  परिवारलाई राहत स्वरुप १० लाख रुपिँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले वुवा डम्बरबहादुरलाई सोमबार हस्तान्तरण गरेका हुन् । राहत रकम लिन कार्यालय आईपुगेका डम्बरबहादुरलाई प्रमुख आचार्यले सञ्चारकर्मीको रोहवरमा चेक हस्तान्तरण गरेका हुन् ।

गत साउन ३० गते घरमा बसिरहेका बेला कोशीटप्पुबाट निस्किएको जंगली हात्तीले ४१ बर्षीय सार्कीलाई कुल्चिदा ज्यान गएको थियो ।
हात्तिको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए ।

जंगली हात्तिको आक्रमणबाट चालु आर्थिक बर्षमा मात्रै तीन जनाले ज्यान गुमाएका छन् । हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ शुक्रबारेका ५७ बर्षीय बुद्धीमान मगर र त्रियुगा नगरपालिका १२ का ७८ बर्षीया सावित्रा राईको पनि आबश्यक मुचुल्का तयार पारी राहतका लागि सिफारिस गरिएको साहले बताए । मगरलाई गत मंसिर २६ गते र राईलाई पुस १५ गते जंगली हात्तिले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तिले बर्षेनी झण्डै आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवालीसमेत नष्ट गर्ने गरेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *