उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन सुरु

उदयपुर । नेपालकै पहिलो वेटी सम्मेलन आईतबारदेखि उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ । पुर्व शिक्षा मन्त्री एवंम पुर्व उपसभामुख चित्रलेखा यादवले उद्घाटन गरेको सम्मेलनमा संघ तथा प्रदेशका सांसदहरुको समेत उपस्थिति रहेको छ । तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानले बताईन् ।

समानता, समावेसी र मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नारा तय गरिएको छ । सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको छ ।

छोरीलाई पनि छोरा समान शिक्षा, स्वास्थ्यका सवालमा अधिकारी दिई समानता कायम गराउने योजना रहेको खानल बताईन् । सम्मेलनमा सातै प्रदेशका बिभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुको सहभागिता रहेको छ । सम्मेलनको दोस्रो दिन महिला तथा बेटी (छोरी)को हक अधिकार सम्बन्धित कार्यपत्र प्रस्तुती छलफल तथा कार्ययोजना निर्माण र तेस्रो दिन घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको प्रवक्ता सरिता राईले बताईन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *