उदयपुरमा जाल्पा स्पोट क्लव गठन (फोटो फिचर सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पाचिलाउनेद्धारा वडा स्तरीय खेलकुद स्पोट क्लव गठन गरेको छ । वडामा संचालन हुने खेलकुद प्रतियोगिताहरूमा ब्यस्थित र युवा प्रति खेलकुदमा आकर्षित बनाउने उद्देश्यले जाल्पा स्पोट क्लव गठन गरेको हो । वडामा संचालन हुने सम्पुर्ण खेलकुदका कार्यहरू संचालन गर्न कुनै पनिव वडामा आधिकारिक क्लव नभए पछि शनिवार एक कार्यक्रम बिच वडाले खेलकुद क्लव गठन गरेको हो ।

स्वास्थ, कर्मठ र प्रतिस्पर्धी युवा हाम्रो सान, समृद्द १६ नम्बर वडा हाम्रो पहिचान भन्ने मुल नाराका साथ गठन गरिएको क्लवको अध्यक्ष, उपाध्यक्ष, सचिव सह सचिव र कोषाध्क्षमा क्रमश भुवन दाहाल, दिपेन्द्र बस्नेत, बिनय लामा, टंक नाथ कार्की, कबिता कार्की रहेका छन ।

यस्तै सदस्यहरूमा चुडामणि राई, गणेश मगर, बिन्दा थापा मगर, कृष्ण तामाङ, अनिता मगर, उपेन्द्र बहादुर तामाङ, मन कुमारी राई, सचिना राई, बिजिन्द्र थापा मगर, मिथुन राई रहेका छन । उनिहरुलाई त्रियुगा युवा तथा खेलकुद बिकास समितमा अध्यक्ष प्रदिप श्रेष्ठले सफथ गराएका थिए ।

अखिल नेपाल फुडवल संघ एन्फा का प्रवक्ता किरण राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा त्रियुगा नगरपालिका वडा १६ अध्यक्ष मान बाहादुर राई, त्रियुगा युवा तथा खेलकुद बिकास समितमा अध्यक्ष प्रदिप श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पोखरेल, पत्रकार महासंघका सह सचिव गजेन्द्र राई, अनेरास्वियु क्रान्तिकारीका अध्यक्ष बिमल कार्की लगाएतको सहभागिता रहेको थियो ।

 नब गठित जाल्पा स्पोट क्लव कार्यसमितिद्धारा सामुहिक फोटो खिचाउदै ।


अखिल नेपाल फुडवल संघ (एन्फा)का प्रवक्ता किरण राईले खेल सामाग्री बितरण गर्दै ।

त्रियुगा युवा तथा खेलकुद बिकास समितमा अध्यक्ष प्रदिप श्रेष्ठले कार्यसमितिलाई सफत ग्रहन गराउदै ।


कार्यक्रम पश्चात पछि समुहिक तस्बिर खिचाउदै ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *