लिफटिङ सिस्टमद्धारा लिम्चुङ्बुङमा पानी बितरण

डिगमणी राई
उदयपुर । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले लिफटिङ सिस्टमद्धारा पानी बितरण गर्ने भएको छ । गाउँपालिकाभित्र देखिदै आएको पानी अभावलाई मध्येनजर गर्दै सुनकोशी नदिको पानी सो सिस्टमद्धारा बितरण गर्ने भएको हो । अहिले पानी बितरणका लागि उपभोक्ता समितिसमेत गठन गरी सकेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए ।

अध्यक्ष राईका अनुसार उपभोक्ता समितिको नाम सुनकोशी लिफटिङ खानेपानी योजना उपभोक्ता समिति रहेको छ । गठित उपभोक्ता समितिको अध्यक्षमा कृष्ण कुमार खत्री, उपाध्यक्षमा गणेश राई, सचिबमा ढुङ्गराज बि.क., सह–सचिबमा मनोज बढाथोकी र कोषाध्यक्षमा नमिका राई रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा देब कुमार कार्की, बसन्त राई, दुर्ग बहादुर खड्का, दईन्द्र राई र दिपक राई रहेका छन् । योजना राष्ट्रिय अयोजना अन्तरगत सञ्चालन हुने लिम्चुङ्बुङ गाउँपालिकाको कार्यालयले जनाएको छ । कार्यालयले जनाए अनुसार छिमेकी गाउँपालिका ताप्लि र रौतामाईको दुई वडामा समेत सञ्चालन हुने छ । योजना लिम्चुङ्बुङ गाउँपालिका–२ ताम्लिछा स्थित सुनकोशी नदीबाट सर्भे हुने तयारी भईरहेका छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *