गाईघाटमा हुने फुड फेष्टिबलको चौतर्फिक आलोचना (फोटो फिचर सहित)

उदयपुर । सर्बसाधारणलाई आवागमनमा बाँधा अवरोध हुने गरी मुख्य सडकमा स्टेज र टेन्ट खडा गरेको भन्दै उदयपुरमा हुने फुड फेष्टिबलको चौतर्फिक आलोचना हुन थालेको छ । जिल्ला होटल व्यवसायी संघ उदयपुर र झिगु नेवाः पुचः गाईघाटको आयोजनामा आईतवार सुरु हुने फुड फेष्टिबलको चौतर्फिक आलोचना हुन थालेको हो ।

फेष्टिबलको तयारी गर्ने क्रममा सदरमुकाम गाईघाट स्थित मेनचोक र पिपलचोक बिचको मुख्य सडकम पुर्ण रुपमा बन्द गरेर स्टेज र टेन्ट खडा गरेपछि आयोजक र मेलाको स्थानीयबासीले चर्को आलोचना गर्दै आएको छ । पुस १ देखि १० गतेसम्म सञ्चालन हुने फेष्टिबल तयारीको क्रममा मुख्य सडकनै बन्द भएपछि अहिले कुनै पनि सवारीका साधन सो सडकमा सञ्चालन हुन सकेको छैन ।

स्थानीयले आलोचना गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्का, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीलगायतको टोली मेला स्थल पुगेका थिए । मेला स्थल पुगेका टोलीले सडक आवागमनमा बाँधा नपुग्ने गरी स्टेज र टेन्ट खडा गर्न सुझाब दिएका थिए । अहिले चिया पसलदेखि सामाजिक सञ्जाल अन्तरगत फेसबुकमा मेला आयोजकको चर्को आलोचना हुदै आएको छ ।

फोटो फिचरः–


Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *