काठमडाैंमा पक्राउ परेका रावलले निर्मलाको हत्या स्वीकार गरे, अाज डीएनए रिपोर्ट अाउने

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया  बालिका निर्मला पन्तको हत्या आशंकामा पक्राउ परेका  प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। सिआईबीको उच्च स्रोतका अनुसार केही दिनअघि काठमाडाैंबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार समेत गरिसकेका छन् ।

स्राेतकाे अनुसार बुधबार राति  प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा रावलले बयान दिएका थिए । सीआईबीले राति १० बजेदेखि  बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्।

दिलिपसिंह विष्टलाई जबरजस्ती अपराधी करार गराउन खोजीपछि आलोचित बनेको प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने अाज (शुक्रबार)  आउने प्रहरीले जनाएकाे छ। हत्या स्वीकार गरेका रावल निर्मलाका छिमेकी हुन् ।

हत्या प्रकरणमा जोडिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौंबाट २२ वर्षीया रावललाई नियन्त्रणमा लिएको थियो भने अन्य तीन जनालार्इ  महेन्द्रनगरबाट गरेकाे थियाे । काठमाडाैंमा पक्राउ परेका  प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेकाे  थियाे ।

उनीहरू सबैजना लागुऔषध दुव्र्यसनी रहेका थिए । निर्मलाकाे हत्या भएपछि उनीहरू चारै जनाले  महेन्द्रनगरमा बस्न छाडेर भारत गएका थिए । चार महिनासम्म भारतमा रहेका रावल केही दिनअघि मात्रै काठमाडौं आएको प्रहरीको दावी छ ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।  चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । गत साउन १० गते निर्मलाकाे लास भेटिएकाे थियाे ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *