उदयपुरमा दोस्रो प्रदेश स्तरीय घरेलु औधोगिक महोत्सव सुरु

उदयपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा प्रदेश स्तरीय घरेलु औधोगिक महोत्सव–२०७५ सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटमा बिहिवार सूरु भएको महोत्सव आगामी मंसीर २९ गते सम्म संचालन हुने छ । ‘मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल’ भन्ने नाराका साथ लागेको महोत्सव घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको महासंघ अध्यक्ष मधुकर थापाले बताए ।

महोत्सवले दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा राखेर बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्याउने उद्देश्यसमेत रहेको अध्यक्ष थापाले बताए । महोत्सवमा ढाका, कोसेली, मुडा, टर्की, खुकुरी, दालमोट, चटपटे, घुगी, कृषी औजार, जमराको जुस, अगरबत्ती, बासको हस्तकला सामाग्री, लगाएत एक सय भन्दा बढि स्टलहरु रहेका छन । महोत्सवमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहेको छ ।

स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकारलाई औद्योगिकमैत्री तथा लगानी मैत्री बनाउनमा महोत्सवको भूमिका रहने बताइएको छ । महोत्सवको एक समारोह विच प्रदेश नम्बर एकका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीस प्रसाद कुसियैतले उद्घाटन गरेका थिए ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *