लेख्न नसकिएको कविता (कबिता)

  • शकुन आँसु

मैले लेख्न नसकेको कविताको
शीर्षक हो बलात्कार
मैले पढ्न नसकेको समाचारको
हेडलाईन हो बलात्कार
र मैले उच्चारण गर्दा गर्दै जिब्रो लट्पटिएको
शब्द हो बलात्कार

उ पनि मान्छे
उनी पनि मान्छे
एउटा मान्छेले, अर्को मान्छेलाई
बलात्कार गर्यो र घाँटि निमोठेर मार्यो
यो कुन ठुलो कुरा हो र??
तर यो खबर अाम् मान्छेहरुले किन सुन्न सक्दैनन् ?
कविहरुले बिषय बनाएर किन कविता लेख्न सक्दैनन्?
छोरीहरु किन घरबाट निस्किन डराउँछन्?
अामाहरु किन जग्गगी भएर बाँचिरहन्छन् ?
यो भयानक ठुलो कुरा हो
सोच्नुहोस् एकैछिन्

राम्ररी खुलेर कक्षामा
यौन शिक्षा पढाउन नसक्ने गुरुले
अाफ्नै छात्रा माथि गर्छ बलात्कार
सुरक्षामा तैनाथ राष्ट्रसेवकहरु नै
गुहार माग्दै अाएकी बिधुवी माथि गर्छ बलात्कार
अाफ्नै विर्यदान बाट जन्मिएको छोरीमाथि
बुबाले गर्छ बलात्कार
क्रमश: हजुरबा, दाजु र अाफ्नै साथीहरु
गरिरहन्छ नानीहरुलाई बलात्कार
के सुनिसक्नुको समाचार हो यो?
सहिसक्नुको पीडा हो यो??
लेखिसक्नुको कथा हो यो?
कलमहरु छट्पटाएका छन्
जमेका छन् मसीहरु
यस्तोबेला कस्ले के लेख्न सक्छ?
सोचमग्न छु

एकातिर
ढोँगी मनगढन्तेहरु अाफ्नो वाईयात सिद्वान्त
बेचिरहन्छ सञ्जालतिर
भन्छ, “केटिहरु नाङगिनुले बलात्कार बढ्यो”
देश बिगार्यो नाङगाहरुले
किन यसो भन्छन् ? भन्नेहरु नै जानुन्
पश्चिमाहरुको नाङगो शरिर नाङगै अाँखाले हेरेर
स्वप्नदोषमा निदाउनेहरु
अर्थोक के भन्न जानोस् ?
र पो लगाईरहेछ लाञ्छना
ति कलिला नानीहरुमाथि
जस्को शिरपुछार छोपिएका
सुकोमल, कलिलो अङगहरु
कसरि भत्काईलगेका छन् पिपासुहरुले
यो नसोचि नसोचि खोकिरहेछन्
खोक्रो घोग्रोहरु
जो यथार्थताको घाममा सुकेर खङग्रङग हुनेछ एकदिन

सरकार लाई
खकार बनाएर कतिले थुकिफाले
भनिसाध्य छैन
अनुहारभरि परेको थुक
बिदेशी ब्रान्डेड रुमालले पुछ्दै बस्छ सरकार
सुकिलो भैजान्छ, थुकको दाग लाग्दैन
दाग त त्यो बुट्यानहरु जान्दछ, पातहरु जान्दछ
जस्ले साक्षात् भएर बलात्कार हेरिरहेको छ
नानीहरुको चित्कार सुनिरहेको छ
र पीडाले उछिट्टिएका रगतका राता छिर्काहरु
लाचार भई सहिरहेको छ
कता जानु न्याय खोज्नु ?
न्यायालयहरु बाहिर ढोकामा ताल्चा मारेर
भित्र लुडो खेलिबसेको छ

यसर्थ,
ठप्प रोकिएर म कलमबाट
अरगज्ज बसिरहेको छु
गहिरो भावमा डुब्नु पनि खासमा रित्तो हुनु रैछ
ठुलो चोट लाग्दा हत्पत रगत नबग्नु जस्तै
गहिरो पीडामा अाँसु नझर्नु जस्तै
म अाफु बाट हराएर अरु केहि भईरहेको छु
जबसम्म भैरहनेछ निर्मम् बलात्कार कलिला फूलहरुको
तबसम्म सायद ,,
यस्तै भईरहनेछु सँधैभरिको लागि ।

    –खोटाङ

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *