परीक्षा दिनेको सङ्ख्या घट्यो, एक लाख १६ हजार सहभागी हुँदै

सुनसरी / पूर्वाञ्चलमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीको सङ्ख्या घटेको छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष पूर्वमा माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीकोे सङ्ख्या घटेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको हो ।

यो वर्ष पूर्वाञ्चलका १६ जिल्लाबाट एक लाख १६ हजार ८ सय ७५ जनाले परीक्षा दिने भएका छन् । विगत ५ वर्षयतानै परीक्षा दिने विद्यार्थीको सङ्ख्या घट्दै गएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । यो वर्ष पूर्वमा सबैभन्दा थोरै विद्यार्थी सोलुखुम्बूमा १९ सय ७६ छन् भने सबैभन्दा धेरै मोरङ जिल्लाबाट २० हजार ७ सय ६ जना रहेको क्षेशिनिले जनाएको छ ।

यस्तै ताप्लेजुङमा १७ वटा केन्द्रसहित २८ सय ३३ जना, पाँचथरमा २० केन्द्रसहित ४७ सय ४, इलाममा २६ केन्द्रसहित ५५ सय २६, झापामा ५३ केन्द्रसहित १५ हजार ६ सय २२, सङ्खुवासभामा १४ वटा परीक्षा केन्द्रसहित २६ सय ७९, तेह्रथुममा १४ केन्द्रसहित २६ सय २९ विद्यार्थी सहभागी हुने क्षेशिनिका परीक्षा शाखा अधिकृत दीपक श्रेष्ठले जनाए ।

यस्तै धनकुटामा १७ वटा केन्द्रसहित ३४ सय ५५ जना, भोजपुरमा १९ केन्द्रसहित ३७ सय ५१, सुनसरीमा ४६ केन्द्रसहित १४ हजार ४२, खोटाङमा २३ परीक्षा केन्द्रमा ५१ सय ३० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । ओखलढुङ्गामा १६ वटा केन्द्रसहित ३७ सय ३३, उदयपुरमा २४ वटा केन्द्रसहित ६२ सय ६१, सप्तरीमा ४१ केन्द्रसहित १२ हजार ८ सय ९२ र सिरहामा ३८ केन्द्रसहित १० हजार ९ सय ३५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

ग्रेड लागू भएदेखि परीक्षार्थीहरु घटेको क्षेशिनिले जनाएको छ । २०७२ को एसएलसी परीक्षामा एक लाख ४१ हजार ६ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी थिए । त्यसमध्ये नियमिततर्फ ९७ हजार एक सय ७३ र एक्ज्यामटेडतर्पm ४४ हजार ४ सय ७४ जना विद्यार्थीको लागि ४ सय ७० केन्द्र तोकिएको थियो । यस्तै २०७१ सालको एसएलसीमा ४ सय ५५ केन्द्रसहित पूर्वबाट ९० हजार ९ सय ७० नियमित र ४१ हजार ८ सय ८६ जना एक्ज्यामटेडमा सहभागी थिए ।

२०७० सालमा ४ सय ४९ केन्द्रसहित ९२ हजार ४ सय ६३ जना नियमित र ४२ हजार ४२ हजार १८ एक्ज्यामटेडका विद्यार्थी सहभागी भएको क्षेशिनिको तथ्याङ्कले देखाउँछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *