नयाँ संरचनाबाटै उदयपुरमा काम सुरु

गजेन्द्र राई
उदयपुर, १ चैत्र / जिल्ला बिकास समिति उदयपुर औपचारिक रुपमा बिघटन भएसंगै जिल्ला समन्वय समितिको रुपमा कार्यालय सञ्चालन हुने भएको छ ।
पुर्नसंरचनाअन्तर्गत स्थापना गरिएका ४ नगरसहित ८ स्थानीय तह भएको जिल्ला बिकास समिति उदयपुर जिल्ला समन्वय समितिको रुपमा मंगलवारदेखि कार्यालय सञ्चालन गर्ने भएको हो । जिल्ला बिकास समिति उदयपुरको सभाहलमा मंगलवार सम्पन्न बिघटन घोषणा सभापछि जिल्ला समन्वय समितिको रुपमा सो कार्यालय सञ्चालन गर्न लागेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नगरपालिका र गाउँपालिकामा गाभिएको साबिक गाउँ बिकास समितिका कर्मचारीको भेला गरी नयाँ वडा कार्यालयबाट तत्कालै काम सुरु गर्ने जनाएका छन् । छाप, बोर्ड, लेटरप्याड परिवर्तन गरी वडा सचिव तोकेर काम र कर्तव्य र निर्देशन गरि कार्यकारी अधिकृत र अधिकृतहरुलाई सम्बन्धित ठाउँहरुमा पठाउने तयारी गरिएको जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गणेश प्रसाद दाहालले बताए । घोषणा सभाबाटै जिल्लामा रहेको ४ नगरपालिका र ४ गाउँपालिकाको कार्यकारी अधिकृतसमेत तोकिएको छ ।
जसमा बेलुका नगरपालिकामा पुष्पराज सिग्देल, त्रियुगा नगरपालिकामा भानुभक्त न्यौपाने, चौदण्डीगढी नगरपालिकामा हरि प्रसाद चापागाई र कटारी नगरपालिकामा पुन्य प्रसाद पौडेल रहेका छन् । उत्ता, रौंतामाई गाउँपालिकामा सुदर्शन भट्टराई, उदयपुरगढी गाउँपालिकामा गुणराज श्रेष्ठ, सुनकोशी गाउँपालिकामा पदम कुमार राई र ताप्ली गाउँपालिकामा किशोर कुमार राई रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *