“मे मो च्या ल्हो” भब्यरुपले उदयपुरमा सम्पन्न

उदयपुर, २९ गते/ “मे मो च्या ल्हो” अर्थात चरा बर्ष २१४४ औं ग्याल्बो लोसार आईतवार उदयपुरमा भब्यरुपले मनाईएको छ ।

बिषेशगरि शेर्पा समुदायले मनाउँदै आएको उक्त लोसार पर्व जिल्लाको त्रियुगा नगरपालिका– १३ स्थित चुहाडेमा मनाईएको हो । नेपाल शेर्पा संघ त्रियुगा नगर समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लोसारको शुभ कामना आदन–प्रदानगरि मनाईयो । कार्यक्रममा शेर्पा समुदयको वृद्ध–वृद्धा र समुदायको अगुवाहरुलाई सम्मान समेत गरेका थिए । उनीहरुले ११ जना वृद्ध–वृद्धा र अगुवाहरुलाई खादा ओढाएर सम्मान पत्र प्रदानगरि सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमा नगर क्षेत्र भित्र बसोबास गर्दै आएको शेर्पा समुदयको बाकुलो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजातिका जिल्ला अध्यक्ष केशब मगर, नेपाल शेर्पा संघका केन्द्रिय सदस्य पवननुरी शेर्पा, नेपाल महिला शेर्पा संघ उदयपुर अध्यक्ष पुष्षा शेर्पा, नेपाल शेर्पा संघका त्रियुगा नगर अध्यक्ष ह्याङनुर्बु शेर्पा, हिमालयन साँस्कृतिक केन्द्रका उदयपुर अध्यक्ष नुरि शेर्पा लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *