मिसन नोट अफ डिसेन्ट राष्ट्रिय अभियानमा अभियानकर्ता थपिदै

उदयपुर, २८ फागुन/ आधा आकाश र आधा धर्ती ढाकेको महिलालाई जनसंख्याको आधारमा हरेक तहतप्कामा स्थान सुनिश्चितताको मागसहित सन्चालित मिसन नोट अफ डिसेन्ट अभियानमा एकपछि अर्को अभियानकर्ता थपिदै गएका छन् ।
“आशनमा महिला, शासनमा महिला र भाषणमा महिला” भन्ने मूल नाराका साथ सन्चालित राष्ट्रिय अभियान मिसन नोट अफ डिसेन्टमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय सदस्य रमी केसी अभियानकर्ताको रुपमा थपिएको हो । मासबेस संस्थाकी सामाजिक परिचालक सलिना दनुवार पनि अभियानकर्ताको रुपमा थपिएको हो ।
१०७ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमबाट अभियानमा जोएको केसी र दनुवारलाई अभियानका मूख्य संयोजक तथा महिला मुलधार सेवा केन्द्र (मासबेस) की अध्यक्ष तथा मिसन नोट अफ डिसेन्ट केन्दीय संयोजक नजनुल खान (निलम)ले केन्द्रिय सदस्यमा मनोनयन गर्दै अबिर र खादा लगाई स्वागत गरेका थिए । अभियानकर्ता केसीले अभियानसंग जोडिदा आफु उत्साहित भएको भन्दै अभियानलाई सफल बनाउन दृढरुपमा लाग्ने बताए ।
१०७ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा १०७ जना महिलाले गाईघाट–जलजलेसम्मको पदयात्रा गरेको थियो । जिल्ला विकास समिति महिला समन्वय समितिको सहयोग र मासवेसको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसी, पूर्व सभासद् प्रमिला राई, जिविस महिला उपाध्यक्ष सरिता राई, नेपाल पत्रकार महासंघ शाखा उदयपुरका उपाध्यक्ष भोटराज राई लगायतले मिसन नोट अफ डिसेन्टको अभियानको सार्थकताको चर्चा गर्दै लैंगिक हिंसा विरुद्ध सचेतना ब्यापक बनाउनुपर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *