उदयपुर । उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रौतामाई गाउँपालिका–६ निकासमा दशैंको लागि घर पोत्ने माटो झिक्नेक्रममा स्थानीय ५६ वर्षिय मधुमाया रायको घटना स्थलमै मृत्यु भएको हो ।
माटो झिक्नेक्रममा माटोको ढिस्कोले पुरिएर सोही ठाउँकै ३३ वर्षीय सुभाष विक, ५२ वर्षिय तिलक कार्की र १२ वर्षिय बालिका विनिता बस्नेत घाइते भएको साउने प्रहरी चौकी इन्चार्ज राजकुमार चौधरीले जानकारी दिए । घाइतेहरुको हात खुट्टा छाती लगायतका भागमा चोट पटक लागेको छ । घाइतेहरुको जिल्ला अस्पताल उदयपुर गाईघाटमा उपचार भैरहेको छ ।
Facebook Comments