उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (बिप्लब समुह)ले आव्हान गरेको उदयपुर बन्दको कारण आईतवार जिल्लाको जनजीवन प्रभावित भएको छ । आफ्नो पार्टीको प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गिरफ्तारीको विरोधमा उनिहरुले उदयपुर बन्दको आव्हान गरेको थियो । बन्दको कारण सदरमुकाम गाईघाटलगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुरसँगै ग्रमीण क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् ।
विद्यालय, कलकारखाना बन्द छन् । बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ । सदरमुकाम गाईघाट बजारमा सामान्य चिया, औषधी र तरकारी पसल खुलेपनि व्यापार व्यवसाय चलेको छैन् । सडकमा फाटफुट साईकल, मोटरसाईकल कुदेका छन् । एम्वुलेसन्स र औषधी पसलमा अवरोध नगरेका कारण निर्वाध रुपमा चलिरहेका छन् । बजारमा बन्दिकर्ता बाकुलै संख्यामा देखिएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
भिडियोः–