- चाम्लिङ्ग राई रिनु
नारी ! तिमी संस्कृती कि बिकृतीको रेशमा दौड्दै छौ !
सायद, पक्कै पनि तिमी बिकृतीको रफ्तारमा छौ
त्यसैले त तिम्रो दिमागबाट बिकृतीको भुत कहिले भाग्न सकेन ।अझ किराँती महिला दिदिबहिनी
तिम्रो साकेलामा तिम्रो उधौलिमा कहिले (तिज) झै अगाडि देखि मनाउन तम्सेउ
कहिले रेडियो समाचारहरुमा प्रचार–प्रसार गरेउ ?
खोइ तिम्रो पहिचान खोई तिम्रो अस्तित्व ??
कहाँ छौ किराँत नारी तिमी ???तिमी आफुले खनेको बाटो हिड्ने कि अरुले खनेर तयार पारेको बाटो हिड्ने हो ?
तिम्रो अस्तित्व तिम्रो पहिचान तिम्रो अधिकार
तिजमा दर खादैमा महङ्गो गहना लगाएर अनावश्यक हुल जुत्तथामा फरिया उचालेर नाच्दैमा तिम्रो अस्तित्वर पहिचानर अधिकार प्राप्त हुने होर ?तिम्रो अधिकार लडेर रखोसेर लिने बेला
मिठो विज्ञापन पुजीवादी चिन्तन र अध्यात्मिक सोचाइमा भुलेउ अनि राज्यले हेप्यो आरक्षण कोटा सुरक्षित कोटा हामीलाई चाहियो भनेर बाह्र बित्ता उफृन्छौ ।।
आफ्नो अधिकार अरुले मागिदिएर हुन्न।
आफैले खोसेर लडेर लिने हो।किराँती नारी तिम्रो सोचलाई बदल
तिम्रो खाली दिमागलाई सहि बिचारका समुहहरुले पुर्ने गर कहिले ?
अलिक माथी उठेर भौतिकबादी चिन्तनको जत्तथासँग मिल्न जान्छौ?
हेर हामी त भौतिकबादी चिन्तन र वैज्ञानिक अबधाराणालाई स्वीकार गर्ने जाति हौ ।
हैन भने हामी किन भूमी वा जमिनको पुजा गर्छौ ।किन उधौली र उभौली सान्केनर सान्केवा र साकेलालाई मान्ने गर्छौ ।
किन बोट बिरुवा र बुटियानलाई हाम्रो किराँतीहरुको संस्कारमा समेट्ने गर्छौ ।
के यो बुझेको छौ ? कहिले बुझ्ने गरेको छा ै?यी विषय लाई अध्यायन गर्ने सायद अङ्गणितमा भेटिन सक्छ ।
किराँती महिला दिदीबहिनी हो !
समाज बाहिर र समाजको नियम बिपरित भन्दा हामी रहन सक्दैनौं
तर पनि समाज भित्र रहेको बिकृतीलाई हटाउन त सक्छौनी !!हटाउने कोसिस त गर्छौनी ।
तर त्यही बिकृतिलाई हामी अङ्गालेर जाने
हेर समाज भित्र विभिन्न किसिमका मानिस बसोबास गर्छ्न
त्यहाँ धनी पनि बस्छ्न
गरिब पनि बस्छ्न
गरि खाने पनि बस्छ्न
बसि खाने पनि बस्छ्न
यो सबै विषयको मेल नै समाज भनिन्छ ।त्यसैले (तिज विषय) समयअनुसार सस्कृति तिर हैन
बिकृती तिर ढल्किएरहेछ ।
बिकृतीको उपज नै समाज खोक्रो बनाउने हो
हुनेखाने र नहुनेको बेजोड प्रतिस्पर्धा गराउने हो
अब राज्यको दोष हैन हामी आफै महिला दोषी हुनेछौ ।अरुले मागेर ल्याईदिएको ३३५ अधिकार बोकाको मुखमा कुभिन्डो झै हो ।
कहिले लड्छौ त ?
कहिले बोल्छौ त अधिकार प्राप्तिका लागि !
नारी अस्तित्व आफ्नो सौन्दर्यता प्रस्तुत गर्नु मात्रै हैन !
नारी पनि हरेक पक्षमा सबल अनि हरेक प्रतिस्पर्धा गर्न सक्ने
क्षमता पनि छ भन्ने हो ।पखेटा फिजाएर
खुल्ला आकाशमा
उड्न सक्ने मात्र लाई नारी स्वतन्त्रताको विषय मानिन्छ ।
नभए नारी तिमी कहाँ स्वतन्त्रता छौ ?
खोइ कहाँ छ स्वतन्त्रता
गर्भमा छोरी छ भन्नू पाइन्न
छोरी हुर्किन्दै छ भन्न पाइन्न
हरेक सस्कृतीको नाममा महिलालाई विभेद गरिन्दै आईरहेको छ
अन्याय गरिन्दै आइरहेको छ ।यो हरेक आजका युगका नारीहरुले बुझ्न जरुरी छ ।
त्यसैले तिजमा दर मात्र हैन
नारी अधिकार नारी अस्तित्वको पनि दर खाने गर्नु
महङ्गो गहना मात्र हैन,
गहना जस्तै महङ्गो नारी अस्तित्व बुझ्ने गर ।
सस्कृती र सस्कारको खोल ओढि अन्याय र बिभेदको बिल्ला नारी माथी नभिराईयोस् ।
२०७५र०५ र २६ गाईघाट रउदयपुर
भिडियोः–