जबर्जस्ति करणी गरेको भन्दै शिक्षक बस्नेत बिरुद्ध प्रहरीमा उजुरी

उदयपुर । आफ्नो बिद्यालयका एक शिक्षकले आफुलाई जबर्जस्ति करणी गरेको भन्दै शुक्रवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा १२ बर्षीया बालिकाले उजुरी दिएका छन् । सुतिरहेको समय घर बाहिर बोलाएर आफुलाई जबर्जस्ति करणी गरेको भन्दै उनले आफ्नो शिक्षक बिरुद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताएका छन् ।

प्रहरी प्रमुख (एसपी) राईका अनुसार जिल्लाको त्रियुगा नगरपालिका– ४ बगाहा बस्ने बर्ष ४० को बिरेन्द्र बस्नेत बिरुद्ध यस्तो उजुरी परेको हो । बस्नेत त्रियुगा नगरपालिका– ४ बगाहा स्थित राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका शिक्षक हुन् । उनि बिरुद्ध बिहिवार राति आफुलाई जबर्जस्ति करणी गरेको भन्दै आफ्नै बिद्यालयमा अध्यनरत बालिकाले प्रहरीमा उजुरी दिएका हुन् ।

‘सुतिरहेको समय एक छिन तिमीसँग काम छ भन्दै बाहिर बोलाए’ प्रहरीमा दिएको उजुरीमा भनिएको छ ‘बाहिर निस्केपछि बिभिन्न बहाना बनाएर घरको पछाडी एकन्तमा जबर्जस्ति ग¥यो’ । सोहि क्रममा बालिकाले प्रतिकार गर्न थालेपछि बस्नेत भागेको पीडितका आफन्तहरुले बताए । अहिले घटनापछि फरार रहेको बस्नेतको खोजि कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *