




उदयपुर । उदयपुरमा १७ वर्षीया बालिका माथि सामूहिक बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १२ गाईघाट स्थित डिएमगेट बस्ने बर्ष २६ को विकास परियार रहेको छ । उनसहित एक समुहले सामुहिक बलत्कार गरेको अरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए । डिएसपी अधिकारीका अनुसार परियारलाई मंगलबार साँझ पक्राउ गरिएको थियो ।
उनलाई आफ्नो दुई साथी सहित बलत्कार गरेको आरोप छ । परियार लगायतको समुहले जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा बसपार्कबाट एक स.१.ह २१९४ नम्बरको अटोरिक्सामा अपहरण सैलिमा बालिकालाई लगेर स्थानीय हडिया जङ्गलमा बलत्कार गरेको थियो । अहिले दुई बलत्कार आरोपित फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीमा पीडितले दिएको उजुरीमा आफुलाई बसपार्कबाट लगेर दुई युवाले जङ्गलको बिचमा बलात्कार गरेको थियो ।
उजुरीमा जङ्गल बिचमा भएको बलात्कार पछि पुनः फर्काएर बसपार्कस्थित एक होटलमा उनिहरुकै एक साथीले बलात्कार गरेको उल्लेख छ । यसबारे पीडितले मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी परेको थियो । उजुरी पछि घटनाको थप अनुसन्धान र फरार आरोपितको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
भिडियोः–