लागुऔषधसहित उदयपुरमा ५ युवा पक्राउ

उदयपुर ।  दैनिकजसो लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको उदयपुर प्रहरीले पछिल्लो समय ५ युवालाई बिधिन्न किसिमकाका लागुऔषधसहित नियन्त्रणमा लिएको छ । सामान्य हिँड्डुल गर्ने गरेका युवाहरुलाई चेकजाँच गर्ने क्रममा उनिहरुलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैक्रममा जिल्लाको त्रियुगा नगरपालिका–६ लालपत्तास्थित प्रहरीचौकीले २ जनालाई आईतवार चेकजाँच गर्ने क्रममा पक्राउ गरेको छ ।

शनिबार पनि १० ग्राम गाँजा र २५ थान बिभिन्न खालका लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई सदरमुकाम गाईघाट स्थित राधाकृष्ण मन्दिर आसपास हिडिरेको समयमा चेकजाँच गर्दा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेका २२ वर्षीय रुपेश मल्लिक, सिरहा स्थित लहान नगरपालिका–११ घर भई गाईघाटमा डेर लिएर बस्दै आएका २२ बर्षीय शिबप्रसाद सिंह र २२ बर्षकै अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार लागुऔषध ओसार पसार र प्रयोग गर्ने समय साँझ र राति भएको भन्दै बेलुकापख गस्ती खटाएर चेकजाँचलाई तीब्रता दिने क्रममा भटाभट प्रयोगकर्ता र कारोबारीहरु पक्राउ पर्ने गरेका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । एसपी भट्टका अनुसार लागुऔषध भित्रिने मुख्य नाका मानिएको उदयपुर र सप्तरीको सिमास्थत लालपत्ता लगायतको बिभिन्न नाकाहरुमा बिशेष चेकिङमा कडाई भईरहेको छ । चेकिङको क्रममा जिल्लाबाट बाहिनेभन्दा भित्रिने सवारी साधन र मोटरसाईकलहरुमा प्रयोगकर्ता र कारोबारीहरु पक्राउ पर्ने गरेको लालपत्ता प्रहरी चौकीले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *