पत्रकार महासंघ उदयपुरले बुझायो ज्ञापनपत्र

उदयपुर । स्थानीय पत्रकारिताका सवाललाई लिएर नेपाल पत्रकार महासंघ उदयपुर शाखाले बिहिबार जिल्लाका ८ वटै स्थानीय तहमा आफ्ना ज्ञापनपत्र बुझाएको छ । महासंघको १ नम्बर प्रदेश समितिको सर्कूलर वमोजिम जिल्ला शाखाले ५ बुँदे मागपत्रसहित ज्ञापनपत्र बुझाएको हो । महासंघले जिल्लाका सञ्चारमाध्यमलाई व्यवस्थित, वलियो, दिगोपना र आमसञ्चारकर्मीलाई प्रर्वद्धन गर्ने गरी नीति निर्माण गर्न दवाव दिने उदेश्य लिएर ज्ञापन पत्र बुझाएको महासंघका जिल्ला अध्यक्ष भरत खड्काले जानकारी दिए ।

ज्ञापनपत्रमा स्थानीय सरकारमा कानुन निर्माणगर्दा पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभुत हुने गरी मिडियामैत्री कानुन बनाउनु पर्ने, स्थानीय तहका सूचनाहरु आम पत्रकारहरुको सहजरुपमा पहुँच स्थापित हुने अबश्थामा निर्माण गरिनु पर्ने, पत्रकारलाई प्रोत्साहन हुने गरी बिषयगत कोष स्थापना गरी बार्षिकरुपमा सम्मान गर्नु पर्ने, महासंघको दिगोपनाका लागि सहकार्यमुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी स्थानीय सञ्चारमाध्यमको प्रर्वद्धन र पत्रकारहरुको क्षमता विकासका लागि आबश्यक नीति वजेट निर्माण गर्नु पर्ने, स्थानीय तहका सबैखाले सूचना र विज्ञापन स्थानीय सञ्चारमाध्यमहरुलाई समानुपातिक ढंगले वितरण गर्ने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भईसकेको हुँदा स्थानीय तहले पनि सोही प्रकारको नीति बनाई लागु गरिनु पर्ने रहेकाछन् ।

ज्ञापनपत्र बुझाएसँगै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आगामी बैठक र सभा ज्ञापनपत्रमा उठेका सवाललाई राखी छलफल गरी ठोस योजना अघि सारिने जानकारी दिए । ज्ञापन पत्र बुझ्दै त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले नगरसभामा राखी ज्ञापनपत्रका सवाललाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *