पौडी खेल्ने क्रममा कोशीले बेपत्ता बनाएको युवा मृत फेला

उदयपुर ।  पौडी खेल्ने क्रममा कोशीले बगाएको एक युवा उदयपुरमा मृत फेला परेको छ । मृत फेला पर्नेमा जिल्लाको रौंतामाई गाउँपालिका–५ पोखरीका ३१ बर्षे पशुपति राई रहेका छन् । मंगलवार बिहान पौडी खेल्न गएको राईलाई सुनकोशी नदिले बगाएर बेपत्ता पारेको थियो । बेपत्ता भएको मृतक राईको शब बुधवार बिहान फेला परेको स्थानीय बिष्णु राईले बताए ।

स्थानीय राईका अनुसार शब बगाएको स्थान भन्दा १० किलो मिटर तल धाप्लाङ स्थित कोशीको किनारमा फेला परेको थियो । साथीहरुसँग खेल्न गएको मृतक राईलाई रौंतामाई गाउँपालिका–५ रसुवा घाटबाट बगाएको थियो । अहिले मृतक राईको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भईरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *