सडकको जग्गा किनबेच प्रकरणमा महिला वडा सदस्य पक्राउ

उदयपुर ।  सडकको जग्गालाई बिक्रीको लागि सिफारिस गरेको आरोपमा उदयपुरमा प्रहरीले एक महिला वडा सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर–३ मोतिगडाका वडा सदस्य हरिमाया शाही रहेका छन् । उनलाई साता दिनअघि लोकमार्गको जग्गा बिक्री प्रकरणमा आईतवार घरैबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित गाईघाट–लहान सगरमाथा लोकमार्गको ७ कठ्ठा १९ धुर जग्गा किनबेच प्रकरणमा सिफारिस गरेको आरोप छ । उनीसँगै अडाध्यक्ष अवधेश चौधरी पक्राउ परेपनि उनी निर्दोष देखिएपछि छाडिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सगरमाथा लोकमार्ग स्थित गाईघाट–बगाहा खण्डको मोतिगडामा पर्ने उक्त जग्गा बिक्री गरेको आरोपमा जग्गाधनी ७८ बर्षीय शिबप्रसाद दाहाल र छोरा वृद्धिप्रसादलाई गत शनिवारै प्रहरीले पक्राउ गरिसकेको छ । दाहाल बाबुछोराले ललितपुर खोकनाका नेपाल डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा गत जेठ १६ गते बिक्री गरेको जग्गा लोकमार्गको भएको पुष्टि भएसँगै उनिलाई पक्राउ गरेको थियो । जग्गा किन्ने डंगोललाई काडमाण्डौंमा पक्राउ गरी उदयपुरमा ल्याइसकेको छ । जग्गा किनबेचमा वडा कार्यालयको सिफारिस देखिएपछि सिफारिस गर्ने वडाध्यक्ष चौधरीलाई प्रहरीले पक्राउ रेको थियो ।

तर अनुसन्धानको क्रममा सिफारिसपत्रमा भएको अस्ताक्षर चौधरीको नभएरको पत्त लागेपछि उनलाई छाडिएको र हस्ताक्षरकर्ता महिला सदस्य ठकुरी देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी नबराज भट्टले बताए । भट्टका अनुसार सिफारिसपत्रमा ठकुरीले हस्ताक्षर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडाध्यक्षले गर्नुपर्ने सिफारिसपत्रमा महिला सदस्यलाई कसरी हस्ताक्षर गराईयो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए । अहिले सदस्य ठकुरीले कार्यवाहक अध्यक्षको रुपमा हस्ताक्षर समेत गरेको पाईएको छैन । सदस्य ठकुरीले लेखापढी व्यवसायीको विश्वासमा परेर हस्ताक्षर गरिन् वा भूमाफियाको प्रलोभनमा परिन् भन्ने अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *