उदयपुरमा ३३ जेष्ठ नागरिक सम्मानित

उदयपुर ।  ज्येष्ठ नागरिकको सम्मान गर्दै उदयपुरमा १३ औं विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाएको छ । जेष्ठ नागरिक जिल्ला संघको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा सो सम्मान गर्दै दिवस मनाईएको हो । शुक्रवार भएको सम्मान कार्याक्रममा त्रियुगा नगरपालिकामा रहेको १६ वटा वडाका एक पुरुष र एक महिलालाई सहभागिता गराईए थियो ।

सहभागी ज्येष्ठ नागरिकहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा महिलाबाट सवै भन्दा जेष्ठ नागरिक त्रियुगा नगरपालिका वडा नम्बर–३ का एक सय तिन वर्षिया शिवमाया बस्नेत र पुरुषबाट सवै भन्दा जेष्ठ नागरिक त्रियुगा नगरपालिका वडा नम्बर–१० का एक सय वर्षिय रमन सिंह राई रहेका छन् । सम्मान कार्यक्रममा नगरपालिका भित्र रहेको वडाबाट ३३ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *