मोटरसाइकल ठकरबाट एक महिलाको मृत्यु

उदयपुर ।  उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका– ३ मोतिगडा चोकमा बिहीबार भएको दुर्घटनामा त्रिनपा–४ बगाहा बस्ने ७० बर्षीया रत्नमाया बस्नेतको मृत्यु भएको हो । उनलाई बगाहाबाट गाईघाट तर्फ आउँदै गरेको स ५ प ४०६५ नम्बरको मोटरसाइकको ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार पैदल यात्री बस्नेतलाई मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी थिइन् ।

दुर्घटना पछि तत्काल प्रहरीले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटो मै मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल चालक त्रिनपा–४ बगाहाका २० वर्षीय भुवन विकलाई घट्नास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अहिले मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्सेमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *